|
वीउवासंघद्वारा सूर्य नेपाल सम्मानित |
|
वीरगञ्ज, २२ जेष्ठ/
यस वीररञ्ज उद्योग वाणिज्य सङ्घका सदस्य प्रतिष्ठान बारा जिल्ला जीतपुर सिमरा उपमहानगरपालिकामा अवस्थित सूर्य नेपाल प्रा.लि.ले आ.व. २०७४÷०७५ मा वातावरणीय मापदण्ड पालना गर्ने क्रममा नेपालका उद्योगहरुमा वातावरण संरक्षणमा योगदान पु¥याए वापत प्रथम स्थान हासिल गरी अन्तर्राष्ट्रिय वातावरण दिवसको अवसरमा वन तथा वातावरणबाट पुरुष्कृत भएकोमा आज वीरगञ्ज उद्योग उद्योग वाणिज्य सङ्घका अध्यक्ष तथा पदाधिकारीहरुले समेत एक समारोह आयोजना गरि सङ्घमै सुर्य नेपाल प्रा.लि.लाई सम्मानित गरेको छ । उक्त सम्मान कार्यक्रममा सूर्य नेपाल प्रा.लि.का महाप्रबन्धक प्रभाकर विक्रम शाहले सम्मान ग्रहण गर्नुभयो ।
कार्यक्रममा वीउवासंघका अध्यक्ष ओमप्रकाश शर्माले सुर्य नेपाल प्रा.लि. प्राप्त गरेको पुरुष्कार यस सङ्घका लागि गर्वको कुरा भएको र वीरगञ्ज पथलैया औद्योगिक कोरिडोरमा रहेका अन्य उद्योगका लागि उदाहरण बन्न पुगेको बताउन भयो । सोही अवसरमा उद्योगले विर्सजन गर्ने प्रदुषण पैmलाउने पदार्थको सही व्यवस्थापन उद्योगले नै गरी वातावरण प्रदुषण नियन्त्रणमा योगदान गर्नु आजको आवश्यकता रहेको सूर्य नेपाल प्रा.लि.का महाप्रबन्धक प्रभाकर विक्रम शाहले वताउनु भयो ।
कार्यक्रममा वीउवासंघका अन्य पदाधिकारी तथा पूर्व अध्यक्ष एवम सूर्य नेपाल प्रा.लि.का अधिकृतहरु समेतको उपस्थिति रहेको थियो ।
|