उपभोक्ता सम्बन्धी गोष्ठी तथा कार्यशाला सम्पन्न । एपीएल इण्डियाले नेपालमा कन्टेनर सेवा प्रदान गर्ने । वी.म.न.पा.का प्रमुख प्रशासकीय अधिकृत डा. भूषालसँग भेटघाट तथा छलफल । कर शिक्षा तथा अन्तरक्रिया सम्पन्न । पूर्व परराष्ट्र मन्त्री एवम् नेपाली कांग्रेसका सहमहामन्त्री डा. प्रकाशसरण महतसँग भेटघाट । वीउवासङ्घद्वारा प्र.भ.अ. पोखरेलको बिदाई । वीउवासङ्घ अध्यक्ष शर्मा र भारतीय यातायात मन्त्री गडकरीबीच भेटघाट । प्रादेशिक आर्थिक नीति विषयक अन्तरक्रिया सम्पन्न । वी.म.न.पा.को अनुचित करविरुद्ध वी.उ.वा.संघ । पेशा पहिचान सम्बन्धी कार्यशाला गोष्ठी सम्पन्न । वातावरण प्रदूषण नियन्त्रण सम्बन्धी अन्तरक्रिया सम्पन्न ।
पेशा पहिचान सम्बन्धी कार्यशाला गोष्ठी सम्पन्न
PDF Print E-mail
alt वीरगञ्ज, १५ असार/ वीरगञ्ज उद्योग वाणिज्य सङ्घ तथा प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटिइभिटी), काठमाण्डौंको संयुक्त आयोजनामा आज एक समारोहका बीच पेशा पहिचान सम्बन्धी आधा दिने कार्यशाला गोष्ठी स्थानीय होटल भिष्वामा सम्पन्न भयो ।

सङ्घका का.वा. अध्यक्ष सुबोध गुप्ताको अध्यक्षता र वीरगञ्ज महानगरपालिकाका मेयर विजयकुमार सरावगीको प्रमुख आतिथ्यतामा आयोजित उक्त कार्यशाला गोष्ठीमा प्रमुख अतिथि श्री सरावगीले प्राविधिक दक्ष जनशक्तिको आवश्यकता बोध भइरहेको यस वीरगञ्ज–पथलैया कोरिडोरमा यस किसिमको कार्यशालाले आवश्यकता पहिचान र सोको सम्बोधनमा ठूलो सघाउ पुग्ने बताउनुभयो । ठूलो जनसङ्ख्यालाई रोजगारी प्रदान गर्दै आइरहेको पर्सा–बाराका उद्योग व्यवसाय प्रतिष्ठानहरुले विषयगत क्षेत्रका दक्ष जनशक्ति उपलब्ध नभएको गुनासो आपूm समक्ष पनि आइरहेकोले महानगर स्वयम् पनि सरोकारवाला निकायहरु सँग समन्वय र सहकार्य गरेर प्राविधिक दक्ष जनशक्ति उत्पादन गर्ने तर्फ अग्रसर रहेको र आगामी दिनमा सिटिइभिटीसँग समेत महानगरले दिगो समन्वय र सहकार्य गरी अघि बढ्ने कुरामा जोड दिनु भएको थियो ।

कार्यशालामा सिटिइभिटीका निर्देशक दीपक पौडेलले सिटिइभिटीको वर्तमान सङ्गठनात्मक संरचना, स्वरुप र कार्यक्षेत्रका साथै यस संस्थाले हालसम्म तयार पारेका तालिम पाठ्य सामग्रीका बारे विस्तृत जानकारी गराउँदै आवश्यकता पहिचान गरी आउँदा दिनमा थप नयाँ पाठ्यक्रम पनि निर्माण र यसमा महानगरपालिका र वीउवासङ्घसँग संयुक्त साझेदारी गरेर अघि बढ्ने बताउनुभयो ।

मुलुक प्रादेशिक संरचनामा गई सकेकोले सङ्घीय सरकारबाट सातवटै प्रदेशमा प्रदेशस्तरीय एक एक वटा सिटिइभिटी कार्यालय स्थापना गर्ने योजना बनाएको र ६ वटा महानगरपालिकामा महिलालाई लक्षित गरी महिला पोलिटेक्निक इन्स्टिच्युट स्थापना गरिने जानकारी गराउनु भएको थियो ।

यसैगरी कार्यक्रममा अध्यक्षता गरि रहनु भएका सङ्घका का.वा. अध्यक्ष सुबोध गुप्ताले नेपालको प्रमुख आर्थिक केन्द्र र औद्योगिक नगर वीरगञ्ज, पर्सा–बारामा अवस्थित उद्योगहरुलाई चाहिने दक्ष प्राविधिक जनशक्ति तयार गर्ने तर्फ वीउवासङ्घले विगतका वर्षहरुदेखि नै विभिन्न सरकारी तथा गैरसरकारी निकायसँग सहकार्य गर्दै आइरहेको र आउँदा दिनहरुमा सङ्घ, वीरगञ्ज महानगरपालिका र सिटिइभिटी बीच एउटा साझा समझदारी कायम गरी अघि बढ्नु पर्ने आवश्यकता औल्याउनु भएको थियो । उहाँले सङ्घले यस क्षेत्रका उद्योगहरुलाई आवश्यक पर्ने दक्ष जनशक्तिको पहिचान गर्न सङ्घद्वारा आफ्नै अग्रसरतामा योजना निर्माण गरी तालिम सञ्चालनमा सिटिइभिटीको सहयोग लिने बताउनुभयो ।

उक्त कार्यशाला गोष्ठीमा मोहन रञ्जन प्रधान, आशीष लाठ, मनोज उपाध्याय, टेकनाथ खतिवडा, शम्भुप्रसाद कलवार, पशुपति विक्रम शाह, अनिल जयसवाल लगायतले आ–आफ्नो धारणा राखेका थिए भने सहजीकरण सिटिइभिटीका विनोद बडालले गर्नु भएको थियो ।