|
खाद्य प्रविधि सम्बन्धी अन्तरक्रिया सम्पन्न |
|
वीरगञ्ज, २९ आषाढ/
वीरगञ्ज उद्योग वाणिज्य सङ्घ र खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको संयुक्त आयोजनामा आज सङ्घकै सभाकक्षमा नेपालको खाद्य सुरक्षाका उपाय सम्बन्धमा एक दिने अन्तरक्रिया कार्यक्रमको आयोजना गरियो ।
कार्यक्रम खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका महानिर्देशक सञ्जीव कर्णको उपस्थितिमा भएको अन्तरक्रिया कार्यक्रममा वीउवासङ्घका उपाध्यक्ष सुबोधकुमार गुप्ता, खाद्य क्वारेन्टाइन, वीरगञ्जका प्रमुख विजय खनाल, खाद्य प्रविधि, हेटौंडा र धनगढीका प्रमुख तथा डाबर नेपाल, पतञ्जली नेपाल र बोटलर्स नेपाल लगायत उद्योगका प्रतिनिधिको उपस्थिति रहेको थियो ।
|