|
कुमारी बैंकद्वारा रु.५० हजार सहयोग |
|
वीरगञ्ज, १ जेष्ठ/
कुमारी बैंकले सेफर वीरगञ्जलाई सहयोग वापत आज एक समारोहका बीच ५० हजार रुपैयाँ बराबरको चेक हस्तान्तरण गरेको छ । उक्त चेक कुमारी बैंक, वीरगञ्ज शाखाका शाखा प्रबन्धक राजेश प्रसादले वीरगञ्ज उद्योग वाणिज्य सङ्घका अध्यक्ष ओमप्रकाश शर्मालाई हस्तान्तरण गर्नु भयो ।
वीउवासङ्घका अध्यक्ष शर्माले प्राप्त सहयोगले सेफर वीरगञ्जद्वारा थालनी गरिएको काम कारवाहीमा ठूलो सहयोग पुग्ने बताउनु हुँदै उक्त अवसरमा सेफर वीरगञ्जलाई अझ प्रभावकारी ढङ्गबाट अगाडि बढाउन सबैसँग निरन्तर सहयोगको लागि अपिल गर्नु भयो ।
कार्यक्रममा वीउवासङ्घका उपाध्यक्ष सुबोधकुमार गुप्ता, सचिव मनोज दास, सह–सचिव प्रेमचन्द्र गोयल, सुनिलकुमार कण्ठ, मनोज उपाध्याय लगायतको उपस्थिति रहेको थियो ।
त्यसैगरी सङ्घका पदाधिकारीहरुले आज सङ्घकै सभाकक्षमा एक समारोहबीच औद्योगिक सुरक्षा बलका सशस्त्र प्रहरी नायब उपरीक्षक बलराम लामिछानेलाई बिदाई तथा नवआगन्तुक सशस्त्र प्रनाउ गौतम कुँवरलाई स्वागत गरेको छ ।
|