वीउवासङ्घद्वारा दशैं बजारको आयोजना |
|
वीरगञ्ज, २५ आश्विन/
नेपालीहरुको महान चाड बडादशैंको अवसरमा सर्वसाधारणलाई एकथलोमा सर्वसुलभ दरमा उपभोग्य सामग्री उपलब्ध गराउने उद्देश्यले वीरगञ्ज उद्योग वाणिज्य सङ्घले आफ्नै परिसरमा दशैं सस्तो बजार २०७५ को आयोजना गरेको छ ।
पर्साका प्रजिअ लोकनाथ पौडेलले रिबन काटी दशैं सस्तो बजारको समुद्घाटन गर्नुभयो । उक्त दशैं सस्तो बजारको आयोजना घटस्थापनादेखि पूmलपातीसम्म हुने आयोजकले बताउनुभयो ।
सोही अवसरमा वीउवासङ्घले सङ्घकै हरिप्रसाद गिरी सभाहलमा शुभकामना आदान प्रदान कार्यक्रमको आयोजना ग¥यो । कार्यक्रममा विभिन्न राजनीतिक पार्टीका प्रमुख÷प्रतिनिधि, सरकारी निकायका प्रमुख, नागरिक समाजका अगुवा, उद्योगी व्यवसायी, सञ्चारकर्मीहरुको सहभागिता रहेको थियो ।
|