उपभोक्ता सम्बन्धी गोष्ठी तथा कार्यशाला सम्पन्न । एपीएल इण्डियाले नेपालमा कन्टेनर सेवा प्रदान गर्ने । वी.म.न.पा.का प्रमुख प्रशासकीय अधिकृत डा. भूषालसँग भेटघाट तथा छलफल । कर शिक्षा तथा अन्तरक्रिया सम्पन्न । पूर्व परराष्ट्र मन्त्री एवम् नेपाली कांग्रेसका सहमहामन्त्री डा. प्रकाशसरण महतसँग भेटघाट । वीउवासङ्घद्वारा प्र.भ.अ. पोखरेलको बिदाई । वीउवासङ्घ अध्यक्ष शर्मा र भारतीय यातायात मन्त्री गडकरीबीच भेटघाट । प्रादेशिक आर्थिक नीति विषयक अन्तरक्रिया सम्पन्न । वी.म.न.पा.को अनुचित करविरुद्ध वी.उ.वा.संघ । पेशा पहिचान सम्बन्धी कार्यशाला गोष्ठी सम्पन्न । वातावरण प्रदूषण नियन्त्रण सम्बन्धी अन्तरक्रिया सम्पन्न ।
एपीएल इण्डियाले नेपालमा कन्टेनर सेवा प्रदान गर्ने
PDF Print E-mail
alt वीरगञ्ज, १३ मङ्सिर/ शिपिङ्ग कम्पनी एपीएल इण्डियाका क्षेत्रीय निर्देशक माइकल अजरक तथा कमर्सियल हेड फेलिक्स ठाकुरसँग वीरगञ्ज उद्योग वाणिज्य सङ्घका कार्यवाहक अध्यक्ष सुबोधकुमार गुप्ताको संयोजकत्वमा आज एक कार्यक्रम बीच नेपालमा एपीएल कम्पनीको कन्टेनर सेवा विधिवत् रुपले सुचारु गर्ने घोषणा गर्नु भयो ।

सङ्घका कार्यवाहक अध्यक्ष सुबोधकुमार गुप्ताले स्वागत मन्तव्य राख्नु भएको उक्त कार्यक्रममा एपीएल कोलकाताका म्यानेजरले एपीएल इण्डियाले प्रदान गर्ने सेवा सुविधाबारे अवगत गराउनु भएको थियो ।

कार्यक्रममा सम्मलित सङ्घका कार्यसमिति सदस्य तथा उद्योग व्यवसायीहरुले राखेका जिज्ञासाहरुलाई कम्पनीका कमर्सियल हेड फेलिक्स ठाकुरले प्रष्ट पार्नु भएको थियो ।

सङ्घका सचिव माधव राजपालले धन्यवाद मन्तव्य राखेको उक्त कार्यक्रममा सङ्घका सहसचिव आशीष लाठ तथा कार्यसमिति सदस्यहरुको उपस्थिति रहेको थियो ।