उपभोक्ता सम्बन्धी गोष्ठी तथा कार्यशाला सम्पन्न । एपीएल इण्डियाले नेपालमा कन्टेनर सेवा प्रदान गर्ने । वी.म.न.पा.का प्रमुख प्रशासकीय अधिकृत डा. भूषालसँग भेटघाट तथा छलफल । कर शिक्षा तथा अन्तरक्रिया सम्पन्न । पूर्व परराष्ट्र मन्त्री एवम् नेपाली कांग्रेसका सहमहामन्त्री डा. प्रकाशसरण महतसँग भेटघाट । वीउवासङ्घद्वारा प्र.भ.अ. पोखरेलको बिदाई । वीउवासङ्घ अध्यक्ष शर्मा र भारतीय यातायात मन्त्री गडकरीबीच भेटघाट । प्रादेशिक आर्थिक नीति विषयक अन्तरक्रिया सम्पन्न । वी.म.न.पा.को अनुचित करविरुद्ध वी.उ.वा.संघ । पेशा पहिचान सम्बन्धी कार्यशाला गोष्ठी सम्पन्न । वातावरण प्रदूषण नियन्त्रण सम्बन्धी अन्तरक्रिया सम्पन्न ।
सामाजिक सुरक्षा सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न
PDF Print E-mail
alt वीरगञ्ज, २९ मङ्सिर/ वीरगञ्ज उद्योग वाणिज्य सङ्घ र Human Resources Society Nepal (HRSN) को संयुक्त आयोजनामा ू"New Social Security Act 2074 and Rules 2075" विषयमा Knowledge Sharing कार्यक्रम आज सङ्घकै सभाकक्षमा सम्पन्न भयो ।

सङ्घका का.वा. अध्यक्ष गोपाल केडियाको सभापतित्वमा सम्पन्न कार्यक्रममा श्रम तथा रोजगार मन्त्रालयका उप–सचिव सुजन जोजिजुले कार्यपत्र प्रस्तुत गर्नु भयो । कार्यक्रममा HRSN का अध्यक्ष मोहन ओझा, श्रम तथा रोजगार कार्यालयका प्रमुख कृष्ण यादव, वीरगञ्ज उद्योग वाणिज्य सङ्घका महासचिव सुनिलकुमार खेतान, सचिव माधव राजपाल, HRSN का का.स.स. अनिल जयसवालको उपस्थिति रहेको थियो । कार्यक्रममा विभिन्न उद्योग प्रतिष्ठानमा मानव संसाधन हेर्ने अधिकृतहरुको सहभागिता रहेको थियो ।