उपभोक्ता सम्बन्धी गोष्ठी तथा कार्यशाला सम्पन्न । एपीएल इण्डियाले नेपालमा कन्टेनर सेवा प्रदान गर्ने । वी.म.न.पा.का प्रमुख प्रशासकीय अधिकृत डा. भूषालसँग भेटघाट तथा छलफल । कर शिक्षा तथा अन्तरक्रिया सम्पन्न । पूर्व परराष्ट्र मन्त्री एवम् नेपाली कांग्रेसका सहमहामन्त्री डा. प्रकाशसरण महतसँग भेटघाट । वीउवासङ्घद्वारा प्र.भ.अ. पोखरेलको बिदाई । वीउवासङ्घ अध्यक्ष शर्मा र भारतीय यातायात मन्त्री गडकरीबीच भेटघाट । प्रादेशिक आर्थिक नीति विषयक अन्तरक्रिया सम्पन्न । वी.म.न.पा.को अनुचित करविरुद्ध वी.उ.वा.संघ । पेशा पहिचान सम्बन्धी कार्यशाला गोष्ठी सम्पन्न । वातावरण प्रदूषण नियन्त्रण सम्बन्धी अन्तरक्रिया सम्पन्न ।
वीउवासङ्घका नवनिर्वाचित पदाधिकारीको पदस्थापन
PDF Print E-mail
alt माघ ४, वीरगञ्ज । वीरगञ्ज उद्योग वाणिज्य सङ्घका नवनिर्वाचित पदाधिकारीहरूको पदस्थापन तथा शपथ ग्रहण गरिएको छ । आइतवार साँझ वीरगञ्जमा एक समारोहबीच पदस्थापन भएको हो । नवनिर्वाचित अध्यक्ष प्रदीपकुमार केडिया, वरिष्ठ उपाध्यक्ष ओमप्रकाश शर्मा, सचिव अनिल अग्रवाल र दीपक टिवडेवाल, कोषाध्यक्ष सुनिल खेतान, सहकोषाध्यक्ष प्रेमचन्द गोयल, सहसचिव मनोज शर्मा र अरविन्द्र अमात्यले शपथ लिएका छन् ।

समारोहमा नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष प्रदीपजङ्ग पाण्डेले वीउवासङ्घले आर्थिक विकासका सवालमा उदाहरणीय काम गरेको भन्दै महासङ्घ सहकार्यका लागि सधैं तत्पर रहेको बताए । मुलुकको आर्थिक उन्नतिमा समग्र निजीक्षेत्रको भूमिका महत्वपूर्ण हुने पनि उनले स्पष्ट पारे ।

न्यू बिजनेश एज प्रालिका अध्यक्ष मदन लम्सालले अन्य क्षेत्रको तुलनामा वीरगञ्जमा आर्थिक विकासका सम्भावना बढी रहेको बताए । अध्यक्ष लम्सालले वीउवासङ्घले अनुकरणीय काम गरेको उल्लेख गर्दै अन्यले पनि त्यसअनुसार काम गरेमा आर्थिक विकासका लागि सहयोग पुग्ने विश्वास व्यक्त गरे । वीरगञ्जका विशिष्ट सम्भावनाको उपयोगमा जोड दिँदै उनले वीरगञ्ज कस्तो बनाउने भन्नेमा वीरगञ्जको भूमिका नै महत्वपूर्ण हुने उल्लेख गरे ।

मध्यमाञ्चल क्षेत्रीय उद्योग वाणिज्य सङ्घका अध्यक्ष अरुणराज सुमार्गीले आर्थिक विकासका लागि क्षेत्रीय सहकार्यमा जोड दिए । नवनिर्वाचित अध्यक्ष केडियाले आर्थिक विकासका लागि सरोकारवाला सबै क्षेत्रको सहकार्य आवश्यक पर्ने बताए । कार्यक्रममा निवर्तमान अध्यक्ष अशोककुमार वैद्य, पूर्वसभासद् अजय द्विवेदी, स्थानीय राजनीतिक दलका प्रतिनिधि, सुरक्षा निकायका प्रमुखलगायतले नवनिर्वाचित पदाधिकारीलाई शुभकामना दिएका थिए ।