उपभोक्ता सम्बन्धी गोष्ठी तथा कार्यशाला सम्पन्न । एपीएल इण्डियाले नेपालमा कन्टेनर सेवा प्रदान गर्ने । वी.म.न.पा.का प्रमुख प्रशासकीय अधिकृत डा. भूषालसँग भेटघाट तथा छलफल । कर शिक्षा तथा अन्तरक्रिया सम्पन्न । पूर्व परराष्ट्र मन्त्री एवम् नेपाली कांग्रेसका सहमहामन्त्री डा. प्रकाशसरण महतसँग भेटघाट । वीउवासङ्घद्वारा प्र.भ.अ. पोखरेलको बिदाई । वीउवासङ्घ अध्यक्ष शर्मा र भारतीय यातायात मन्त्री गडकरीबीच भेटघाट । प्रादेशिक आर्थिक नीति विषयक अन्तरक्रिया सम्पन्न । वी.म.न.पा.को अनुचित करविरुद्ध वी.उ.वा.संघ । पेशा पहिचान सम्बन्धी कार्यशाला गोष्ठी सम्पन्न । वातावरण प्रदूषण नियन्त्रण सम्बन्धी अन्तरक्रिया सम्पन्न ।
प्रदेश उद्योग व्यवस्थापन विधेयक, २०७५ का सम्बन्धमा छलफल सम्पन्न
PDF Print E-mail
alt वीरगञ्ज, २६ माघ/ आज वीरगञ्ज उद्योग वाणिज्य सङ्घको सभाकक्ष प्रदेश नं. २ का मुख्यमन्त्री महम्मद लालबाबु राउतको समुपस्थितिमा प्रदेश सरकारका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री रामनरेश राय, प्रदेश सभा सदस्य सिंहासन साह, मुख्य न्यायाधिवक्ता दिपेन्द्र झा तथा स्थानीय उद्योगी व्यवसायी बीच प्रदेश सरकारले मस्यौदा गरेको “प्रदेश उद्योग व्यवस्थापन विधेयक, २०७५” मा उल्लेखित प्रावधानमा हुनु पर्ने परिमार्जन सम्बन्धमा व्यापक छलफल भयो ।

छलफलको क्रममा प्रमुख अतिथि प्रदेश नम्बर २ का मुख्य मन्त्री महम्मद लालबाबु राउतले प्रदेश नम्बर २ को आर्थिक विकास, उद्योग व्यापारको प्रबद्र्धन गर्न निजी क्षेत्रसँग सहकार्य गरेर अघि बढने प्रतिबद्धता अनुरुप नै आजको यस विधेयकको छलफल गरेको बताउनु भयो ।

कार्यक्रमको अध्यक्षता गरिरहनु भएका वीरगञ्ज उद्योग वाणिज्य सङ्घका अध्यक्ष गोपाल केडियाले मुलकको आर्थिक अवस्था निरन्तर खस्किदै गएको अवस्थामा उद्योगको प्रबद्र्धनको लागि सरकारले कुनै खासै भूमिका नखेलेको हुँदा उद्योगी व्यवसायीबाट व्यक्त सुझावलाई मस्यौदामा सकेसम्म समावेश गरी उद्योगमैत्री नीति र कानून बनाउनु पर्ने धारणा व्यक्त गर्नु भयो ।

आपसी छलफलद्वारा उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री रामनरेश रायको संयोकत्वमा ११ सदस्यीय उद्योग व्यवस्थापन विधेयक परिमार्जन समिति गठन गरियो । समितिमा वीरगञ्ज उद्योग वाणिज्य सङ्घका अध्यक्ष गोपाल केडियाको नेतृत्वमा सङ्घका पूर्व अध्यक्ष क्रमशः गणेशप्रसाद लाठ, अशोककुमार टेमानी, अशोककुमार बैध, पूर्व उपाध्यक्ष जगदीश अग्रवालका साथै डाबर नेपाल प्रा.लि. बाराका महाप्रबन्धक कैलाशराम चौरसिया तथा जगदम्बा स्टील इण्डष्ट्रीजका महाप्रबन्धक अनुराग शर्मा समेत ६ सदस्यको सहभागिता रहने छ । समितिले आगामी १५ दिनभित्र प्रदेश सरकारद्वारा तयार परिएको प्रदेश उद्योग व्यवस्थापन विधेयक–२०७५ मा हुनुपर्ने परिमार्जन सम्बन्धी सुझाव सहितको प्रतिवेदन पेश गरेपछि विधेयकलाई आवश्यकता अनुसार परिमार्जन गरी प्रदेश सरकारबाट विधेयक पारित गर्ने सम्बन्धी कारवाही अगाडि बढाइने समाचार प्राप्त भएको छ ।