उपभोक्ता सम्बन्धी गोष्ठी तथा कार्यशाला सम्पन्न । एपीएल इण्डियाले नेपालमा कन्टेनर सेवा प्रदान गर्ने । वी.म.न.पा.का प्रमुख प्रशासकीय अधिकृत डा. भूषालसँग भेटघाट तथा छलफल । कर शिक्षा तथा अन्तरक्रिया सम्पन्न । पूर्व परराष्ट्र मन्त्री एवम् नेपाली कांग्रेसका सहमहामन्त्री डा. प्रकाशसरण महतसँग भेटघाट । वीउवासङ्घद्वारा प्र.भ.अ. पोखरेलको बिदाई । वीउवासङ्घ अध्यक्ष शर्मा र भारतीय यातायात मन्त्री गडकरीबीच भेटघाट । प्रादेशिक आर्थिक नीति विषयक अन्तरक्रिया सम्पन्न । वी.म.न.पा.को अनुचित करविरुद्ध वी.उ.वा.संघ । पेशा पहिचान सम्बन्धी कार्यशाला गोष्ठी सम्पन्न । वातावरण प्रदूषण नियन्त्रण सम्बन्धी अन्तरक्रिया सम्पन्न ।
भारतीय सडक मन्त्री गडकरीसँग वीउवासङ्घको भेट
PDF Print E-mail
alt रक्सौल, २८ माघ/ वीरगञ्ज उद्योग वाणिज्य सङ्घका अध्यक्ष गोपाल केडियाको नेतृत्वमा सम्मिलित एक टोलीले भारतीय सडक पारवहन तथा राजमार्ग मन्त्री नितिन गडकरीसँग भेटघाट गरेको छ । मन्त्री गडकरीको रक्सौल भ्रमणको क्रममा उहाँसँग भेटघाट गरिएको हो ।

भेटघाटका क्रममा वीउवासङ्घका अध्यक्ष केडियाले रक्सौल तथा वरपरको क्षेत्रमा रहेको सडक, राजमार्ग, पुल लगायतका भौतिक पूर्वाधारको अवस्थाप्रति ध्यानाकर्षण गराउँदै सडक, राजमार्ग निर्माण तथा स्तरोन्नतिको लागि पहल गर्न आग्रह गर्नुभयो । उहाँले सन् १९७५ अगाडि नै सञ्चालनमा आई केहि कारणबस बन्द हुन गएको रक्सौल एयरपोर्टको स्तरोन्नति गरी पुनः सञ्चालनमा ल्याउन पनि मन्त्री गडकरीसँग आग्रह गर्नुभयो । मन्त्री गडकरीले रक्सौल एयरपोर्टको स्तरोन्नति तथा सञ्चालनको प्रक्रिया अगाडि बढिसकेको जानकारी गराउनुहुँदै यस वरपर क्षेत्रको सडक, राजमार्गको स्तरोन्नतिको लागि पहल गर्ने आश्वासन दिनुभयो ।

कार्यक्रममा सङ्घका निवर्तमान अध्यक्ष ओमप्रकाश शर्मा, पूर्व अध्यक्ष अशोककुमार वैध, उपाध्यक्ष अनिल पटवारी, महासचिव माधव राजपाल, कोषाध्यक्ष रविन्द्र बरनवाल लगायतका उपस्थिति रहेको थियो ।