उपभोक्ता सम्बन्धी गोष्ठी तथा कार्यशाला सम्पन्न । एपीएल इण्डियाले नेपालमा कन्टेनर सेवा प्रदान गर्ने । वी.म.न.पा.का प्रमुख प्रशासकीय अधिकृत डा. भूषालसँग भेटघाट तथा छलफल । कर शिक्षा तथा अन्तरक्रिया सम्पन्न । पूर्व परराष्ट्र मन्त्री एवम् नेपाली कांग्रेसका सहमहामन्त्री डा. प्रकाशसरण महतसँग भेटघाट । वीउवासङ्घद्वारा प्र.भ.अ. पोखरेलको बिदाई । वीउवासङ्घ अध्यक्ष शर्मा र भारतीय यातायात मन्त्री गडकरीबीच भेटघाट । प्रादेशिक आर्थिक नीति विषयक अन्तरक्रिया सम्पन्न । वी.म.न.पा.को अनुचित करविरुद्ध वी.उ.वा.संघ । पेशा पहिचान सम्बन्धी कार्यशाला गोष्ठी सम्पन्न । वातावरण प्रदूषण नियन्त्रण सम्बन्धी अन्तरक्रिया सम्पन्न ।
शिपिङ्ग कम्पनी र वीउवासङ्घबीच छलफल सम्पन्न
PDF Print E-mail
alt वीरगञ्ज, १३ फाल्गुन/ एभरग्रीन शिपिङ्ग कम्पनी इण्डियाका प्रेसिडेन्ट च्युवाङ्ग चाओ वेइसँग वीरगञ्ज उद्योग वाणिज्य सङ्घका कार्यवाहक अध्यक्ष सुबोधकुमार गुप्ताको संयोजकत्वमा आज एक कार्यक्रम बीच भेटघाट तथा छलफल भएको छ । सङ्घका कार्यवाहक अध्यक्ष सुबोधकुमार गुप्ताले स्वागत मन्तव्य राख्नु हुँदै नेपाली आयातकर्ताहरुले तेस्रो मुलुकबाट मालवस्तु आयातका क्रममा भोग्नु भएको समस्याहरुबारे अवगत गराउनुहुँदै समाधानका लागि पहल गर्नु अनुरोध गर्नु भएको थियो ।

छलफलका कार्यक्रममा एभरग्रीन शिपिङ्ग कम्पनी इण्डियाका प्रेसिडेन्ट च्युवाङ्ग चाओ वेइले नेपालमा पारवहन बजारको प्रचुर संभावना रहेको र पछिल्लो समयमा नेपालमा आयात निर्यातमा भएको वृद्धिले पनि नेपाली बजार विस्तार आवश्यक देखिएकोले इभरग्रिनले दिने सेवा सुविधाको बारेमा जानकारी दिन नेपालमा विभिन्न सरोकारवाला निकायहरुसँग छलफल गरेको बताउनु भयो । उहाँले नेपालमा लामो समयदेखि एभरग्रीन शिपिङ्ग कम्पनीले सेवा दिँदै आएको बताउनु हुँदै दुवै पक्षले कसरी लाभ लिन सकिन्छ र नेपालको व्यापारमा कसरी वृद्धि गर्न सकिन्छ भन्ने बारेमा जानकारी लिन र साझेदारीको आधारमा काम गर्न इच्छुक रहेको बताउनुभयो ।

सङ्घका सचिव माधव राजपालले धन्यवाद मन्तव्य राखेको उक्त कार्यक्रममा एभरग्रीन शिपिङ्ग कम्पनी इण्डियाका भाइस प्रेसिडेन्ट आर.एम. ठाकुर, बक्सको शिपिङ्ग सर्भिसेजका भाईस प्रेसिडेन्ट मौसमी गुहा, बिजाग कन्टेनर टर्मिनलका सिनियर जेनरल मैनेजर कल्याण चक्रवर्ती, वीउवासङ्घका पूर्व अध्यक्ष अशोककुमार टेमानी, प्रदीपकुमार केडिया, सचिव मनोज दास लगायतका उपस्थिति रहेको थियो ।