उपभोक्ता सम्बन्धी गोष्ठी तथा कार्यशाला सम्पन्न । एपीएल इण्डियाले नेपालमा कन्टेनर सेवा प्रदान गर्ने । वी.म.न.पा.का प्रमुख प्रशासकीय अधिकृत डा. भूषालसँग भेटघाट तथा छलफल । कर शिक्षा तथा अन्तरक्रिया सम्पन्न । पूर्व परराष्ट्र मन्त्री एवम् नेपाली कांग्रेसका सहमहामन्त्री डा. प्रकाशसरण महतसँग भेटघाट । वीउवासङ्घद्वारा प्र.भ.अ. पोखरेलको बिदाई । वीउवासङ्घ अध्यक्ष शर्मा र भारतीय यातायात मन्त्री गडकरीबीच भेटघाट । प्रादेशिक आर्थिक नीति विषयक अन्तरक्रिया सम्पन्न । वी.म.न.पा.को अनुचित करविरुद्ध वी.उ.वा.संघ । पेशा पहिचान सम्बन्धी कार्यशाला गोष्ठी सम्पन्न । वातावरण प्रदूषण नियन्त्रण सम्बन्धी अन्तरक्रिया सम्पन्न ।
वीउवासङ्घद्वारा राहत सामग्री वितरण
PDF Print E-mail
alt वीरगञ्ज, २१ चैत्र/ गएको आइतवार साँझ एक्कासी आएको हावाहुरीबाट पीडितहरुको सहयोगार्थ पर्सा जिल्ला अन्तर्गत जगन्नाथपुरका २०० घरपरिवारलाई वीरगञ्ज उद्योग वाणिज्य सङ्घले आज राहत सामग्री वितरण गरेको छ । राहत सामग्रीमा चामल, दाल, तेल, नुन, बाल्टी, मग, सोयाबडी, झुल लगायतका आवश्यकीय वस्तुहरुको रहेको थियो ।

वीउवासङ्घका कार्यवाहक अध्यक्ष सुबोधकुमार गुप्ताको सक्रियतामा उक्त राहत सामग्री वितरण गरिएको थियो । पर्साका सांसद प्रदीप यादव, सहायक प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्मा, पूर्व अध्यक्ष अशोककुमार टेमानी तथा गणेशप्रसाद लाठ, स्थानीय जनप्रतिनिधिहरु, वीउवासङ्घका सचिवालय प्रतिनिधिहरुको उपस्थितिमा राहत सामग्रीहरु वितरण गरिएको प्राप्त समाचारमा उल्लेख छ ।