उपभोक्ता सम्बन्धी गोष्ठी तथा कार्यशाला सम्पन्न । एपीएल इण्डियाले नेपालमा कन्टेनर सेवा प्रदान गर्ने । वी.म.न.पा.का प्रमुख प्रशासकीय अधिकृत डा. भूषालसँग भेटघाट तथा छलफल । कर शिक्षा तथा अन्तरक्रिया सम्पन्न । पूर्व परराष्ट्र मन्त्री एवम् नेपाली कांग्रेसका सहमहामन्त्री डा. प्रकाशसरण महतसँग भेटघाट । वीउवासङ्घद्वारा प्र.भ.अ. पोखरेलको बिदाई । वीउवासङ्घ अध्यक्ष शर्मा र भारतीय यातायात मन्त्री गडकरीबीच भेटघाट । प्रादेशिक आर्थिक नीति विषयक अन्तरक्रिया सम्पन्न । वी.म.न.पा.को अनुचित करविरुद्ध वी.उ.वा.संघ । पेशा पहिचान सम्बन्धी कार्यशाला गोष्ठी सम्पन्न । वातावरण प्रदूषण नियन्त्रण सम्बन्धी अन्तरक्रिया सम्पन्न ।
वीउवासङ्घद्वारा राहत सामग्री वितरण`
PDF Print E-mail
alt वीरगञ्ज, २३ चैत्र/ गत आइतवार साँझ एक्कासी आएको हावाहुरीबाट पीडितहरुको सहयोगार्थ पर्सा, वीरगञ्ज महानगरपालिका वडा नं. १८, सौराहाका ४१ घरपरिवारलाई वीरगञ्ज उद्योग वाणिज्य सङ्घले आज राहत सामग्री वितरण गरेको छ । राहत सामग्रीमा चामल तथा त्रिपाल रहेको थियो ।

वीउवासङ्घका कार्यवाहक अध्यक्ष सुबोधकुमार गुप्ताको सक्रियतामा उक्त राहत सामग्री वितरण गरिएको थियो । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय मन्त्री लालबाबु पंडितको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो भने सांसद पुष्पा कर्ण, प्रदेश नम्बर २ का प्रदेश सभा सदस्यद्वय ओमप्रकाश शर्मा तथा तेजप्रकाश निषादको समेत उपस्थिति रहेको थियो ।

कार्यक्रममा पर्साका सहायक प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्मा, वीउवासंघका पूर्व–अध्यक्षद्वय अशोककुमार टेमानी तथा गणेशप्रसाद लाठ एवम् कार्यसमिति सदस्यहरु क्रमशः सुरेश रुँगटा, नरेश टिवडेवाल, निरज अग्रवाल, स्थानीय जनप्रतिनिधिहरु र वीउवासङ्घका सचिवालयका कर्मचारी सुनिलकुमार कण्ठ, रोशन निधि, खड्ग रावल, मनोजकुमार दास, श्यामसुन्दर धानुक समेतको उपस्थितिमा राहत सामग्रीहरु वितरण गरिएको प्राप्त समाचारमा उल्लेख छ ।