उपभोक्ता सम्बन्धी गोष्ठी तथा कार्यशाला सम्पन्न । एपीएल इण्डियाले नेपालमा कन्टेनर सेवा प्रदान गर्ने । वी.म.न.पा.का प्रमुख प्रशासकीय अधिकृत डा. भूषालसँग भेटघाट तथा छलफल । कर शिक्षा तथा अन्तरक्रिया सम्पन्न । पूर्व परराष्ट्र मन्त्री एवम् नेपाली कांग्रेसका सहमहामन्त्री डा. प्रकाशसरण महतसँग भेटघाट । वीउवासङ्घद्वारा प्र.भ.अ. पोखरेलको बिदाई । वीउवासङ्घ अध्यक्ष शर्मा र भारतीय यातायात मन्त्री गडकरीबीच भेटघाट । प्रादेशिक आर्थिक नीति विषयक अन्तरक्रिया सम्पन्न । वी.म.न.पा.को अनुचित करविरुद्ध वी.उ.वा.संघ । पेशा पहिचान सम्बन्धी कार्यशाला गोष्ठी सम्पन्न । वातावरण प्रदूषण नियन्त्रण सम्बन्धी अन्तरक्रिया सम्पन्न ।
Vehicle & Consignment Tracking System सम्बन्धी एक दिने कार्यशाला सम्पन्न
PDF Print E-mail
alt वीरगञ्ज, १९ जेष्ठ/ राजस्व अनुसन्धान विभाग, काठमाण्डौं र वीरगञ्ज उद्योग वाणिज्य सङ्घको संयुक्त आयोजनामा वेबमा आधारित Vehicle & Consignment Tracking System सम्बन्धी एक दिने कार्यशाला गोष्ठी आइतवार सङ्घकै बैठक कक्षमा सम्पन्न भयो ।

वीउवासङ्घका का.वा अध्यक्ष अनिल अग्रवाल (पटवारी) ले वेबमा आधारित Vehicle & Consignment Tracking System को माध्यमबाट कार्गो बोकेका ट्रकहरुको लोकेशन सहजै पत्ता लगाउन सकिने, डिटेन्शनबाट बच्न सकिने, ढुवानीमा छरितोपना ल्याउने, खर्च पनि कटौती हुने, व्यवसायी, ढुवानी व्यवसायी र कर प्रशासकहरु विभिन्न झन्झटबाट मुक्त हुने बताउनुभयो ।

कार्यक्रममा वीरगञ्ज भंसार कार्यालयका मुख्य भंसार प्रशासक श्याम भण्डारी, राजस्व अनुसन्धान विभागका निर्देशक टंक पाण्डे र रामप्रसाद रेग्मी, राजस्व अनुसन्धान कार्यालय, पथलैयाका प्रमुख अनुसन्धान अधिकृत राजन बि.सी., सुख्खा बन्दरगाह भंसार कार्यालयका प्रमुख भंसार अधिकृत उमेश श्रेष्ठ, सङ्घका महासचिव माधव राजपाल, उद्योगी व्यवसायीहरुको वृहत सहभागिता रहेको थियो ।