उपभोक्ता सम्बन्धी गोष्ठी तथा कार्यशाला सम्पन्न । एपीएल इण्डियाले नेपालमा कन्टेनर सेवा प्रदान गर्ने । वी.म.न.पा.का प्रमुख प्रशासकीय अधिकृत डा. भूषालसँग भेटघाट तथा छलफल । कर शिक्षा तथा अन्तरक्रिया सम्पन्न । पूर्व परराष्ट्र मन्त्री एवम् नेपाली कांग्रेसका सहमहामन्त्री डा. प्रकाशसरण महतसँग भेटघाट । वीउवासङ्घद्वारा प्र.भ.अ. पोखरेलको बिदाई । वीउवासङ्घ अध्यक्ष शर्मा र भारतीय यातायात मन्त्री गडकरीबीच भेटघाट । प्रादेशिक आर्थिक नीति विषयक अन्तरक्रिया सम्पन्न । वी.म.न.पा.को अनुचित करविरुद्ध वी.उ.वा.संघ । पेशा पहिचान सम्बन्धी कार्यशाला गोष्ठी सम्पन्न । वातावरण प्रदूषण नियन्त्रण सम्बन्धी अन्तरक्रिया सम्पन्न ।
वीउवासङ्घ वरिष्ठ उपाध्यक्ष सुबोध गुप्तासँग फ्रान्सका लागि नेपाली राजदूत दीपक अधिकारीसँग भेटघाट तथा छलफल
PDF Print E-mail
alt वीरगञ्ज, २४ जेष्ठ/ नेपाल उद्योग वाणिज्य महासङ्घका उपाध्यक्ष किशोर प्रधानको संयोजकत्वमा युरोपको व्यापारिक भ्रमणमा गएको व्यापारिक मण्डलले फ्रान्सको पेरिसमा एक समारोहका बीच फ्रान्सका लागि नेपाली राजदूत दीपक अधिकारीसँग भेटघाट तथा छलफल गर्नु भएको छ ।

भेटघाटका क्रममा वीउवासङ्घका वरिष्ठ उपाध्यक्ष सुबोधकुमार गुप्ताले वीरगञ्जको भौतिक विकास, वीरगञ्जमा इञ्जिनियरिङ्ग र टेक्निकल इन्स्टिच्युटको स्थापना, ट्रेड फेयर ग्राउण्ड, अन्तर्राष्ट्रिय सभा सम्मेलन केन्द्र, श्रीसिया नदीमा वाटर ट्रिटमेन्ट प्लान्टको स्थापना, वीरगञ्ज–पथलैया औद्योगिक कोरिडोरमा लगानी, विशेष आर्थिक क्षेत्रको निर्माणमा सहयोग, संयुक्त लगानीका कम्पनीहरु स्थापना र नेपालमा विदेशी लगानी भित्रयाउन फ्रान्सेली सरकारसँग पहल गरी हेतु नेपाली राजदूत अधिकारीसँग आग्रह गर्नु भएको छ ।

फ्रान्सका लागि नेपाली राजदूत दीपक अधिकारीले मुलुकको विकासको लागि आपूm विदेशी सहयोगदातासँग समन्वय गर्दै आएको बताउनुभयो । आगामी दिनहरुमा समेत क्षेत्रगत विकास हेतु पहल गर्ने प्रतिबद्धता व्यक्त गर्नु भएको थियो । खास गरी वीरगञ्ज मुलुककै औद्योगिक राजधानी भएकोले भौतिक विकास तथा वीरगञ्जमा विदेशी लगानी भित्रयाउने दिशामा सकारात्मक भूमिका खेल्ने बताउनुभयो ।

भेटघाटका क्रममा नेपाल उद्योग वाणिज्य महासङ्घका उपाध्यक्ष किशोरकुमार प्रधान लगायत १५ जिल्ला÷नगर उद्योग वाणिज्य सङ्घका अध्यक्षहरुको उपस्थिति रहेको थियो ।