उपभोक्ता सम्बन्धी गोष्ठी तथा कार्यशाला सम्पन्न । एपीएल इण्डियाले नेपालमा कन्टेनर सेवा प्रदान गर्ने । वी.म.न.पा.का प्रमुख प्रशासकीय अधिकृत डा. भूषालसँग भेटघाट तथा छलफल । कर शिक्षा तथा अन्तरक्रिया सम्पन्न । पूर्व परराष्ट्र मन्त्री एवम् नेपाली कांग्रेसका सहमहामन्त्री डा. प्रकाशसरण महतसँग भेटघाट । वीउवासङ्घद्वारा प्र.भ.अ. पोखरेलको बिदाई । वीउवासङ्घ अध्यक्ष शर्मा र भारतीय यातायात मन्त्री गडकरीबीच भेटघाट । प्रादेशिक आर्थिक नीति विषयक अन्तरक्रिया सम्पन्न । वी.म.न.पा.को अनुचित करविरुद्ध वी.उ.वा.संघ । पेशा पहिचान सम्बन्धी कार्यशाला गोष्ठी सम्पन्न । वातावरण प्रदूषण नियन्त्रण सम्बन्धी अन्तरक्रिया सम्पन्न ।
वीउवासङ्घ वरिष्ठ उपाध्यक्ष गुप्ता र नेदरल्याण्ड बस्ने नेपालीहरु बीच भेटघाट तथा छलफल
PDF Print E-mail
alt वीरगञ्ज, २७ जेष्ठ/ नेपाल उद्योग वाणिज्य महासङ्घका उपाध्यक्ष किशोर प्रधानको संयोजकत्वमा युरोपको व्यापारिक भ्रमणमा गएको व्यापारिक मण्डलले नेदरल्याण्डको आर्मस्टरडममा एक समारोहका बीच गैरआवासीय नेपाली सङ्घ, नेदरल्याण्डका अध्यक्ष तथा पदाधिकारीहरुसँग भेटघाट तथा अन्तरक्रिया गरेका छन् ।

भेटघाटका क्रममा वीउवासङ्घका वरिष्ठ उपाध्यक्ष सुबोधकुमार गुप्ताले वीरगञ्जका उद्योगीहरु संयुक्त लगानीमा उद्योगहरुको स्थापना गर्न तयार रहेको र विदेशी लगानीकर्ताहरुको खोजिरहेकोले वीरगञ्ज वरपर क्षेत्रमा लगानी गर्न नेदरल्याण्डमा रहेका नेपालीहरुलाई आग्रह गर्नुभयो । साथै उहाँले नेदरल्याण्डमा रहेका नेपालीहरुलाई वीरगञ्ज भ्रमणको लागि आमन्त्रण गर्नुभयो ।

गैरआवासीय नेपाली सङ्घ, नेदरल्याण्डका पदाधिकारीहरुले मुलुकको आर्थिक समृद्धि गर्नु आफ्नो पनि दायित्व रहेकोले मुलुकमैं लगानी गर्न इच्छुक रहेको बताउनुभयो । प्रदेश नं. २ को नीति अनुरुप नयाँ उद्योग स्थापनामा प्रदान गरिरहेको सेवा सुविधाले प्रदेश नं. २ मा त्यसमा पनि वीरगञ्ज क्षेत्रमा लगानी गर्न अझ उत्साहित तुल्याएको बताउनुभयो । खास गरी वीरगञ्ज मुलुककै औद्योगिक राजधानी भएकोले भौतिक विकास तथा वीरगञ्जमा विदेशी लगानी भित्रयाउने दिशामा सकारात्मक भूमिका खेल्ने बताउनुभयो ।

भेटघाटका क्रममा नेपाल उद्योग वाणिज्य महासङ्घका उपाध्यक्ष किशोरकुमार प्रधान लगायत १५ जिल्ला÷नगर उद्योग वाणिज्य सङ्घका अध्यक्षहरुको उपस्थिति रहेको थियो ।