उपभोक्ता सम्बन्धी गोष्ठी तथा कार्यशाला सम्पन्न । एपीएल इण्डियाले नेपालमा कन्टेनर सेवा प्रदान गर्ने । वी.म.न.पा.का प्रमुख प्रशासकीय अधिकृत डा. भूषालसँग भेटघाट तथा छलफल । कर शिक्षा तथा अन्तरक्रिया सम्पन्न । पूर्व परराष्ट्र मन्त्री एवम् नेपाली कांग्रेसका सहमहामन्त्री डा. प्रकाशसरण महतसँग भेटघाट । वीउवासङ्घद्वारा प्र.भ.अ. पोखरेलको बिदाई । वीउवासङ्घ अध्यक्ष शर्मा र भारतीय यातायात मन्त्री गडकरीबीच भेटघाट । प्रादेशिक आर्थिक नीति विषयक अन्तरक्रिया सम्पन्न । वी.म.न.पा.को अनुचित करविरुद्ध वी.उ.वा.संघ । पेशा पहिचान सम्बन्धी कार्यशाला गोष्ठी सम्पन्न । वातावरण प्रदूषण नियन्त्रण सम्बन्धी अन्तरक्रिया सम्पन्न ।
वीउवासङ्घद्वारा ज्ञापन–पत्र
PDF Print E-mail
alt वीरगञ्ज, ३१ आषाढ/ वीरगञ्ज उद्योग वाणिज्य सङ्घका अध्यक्ष गोपाल केडियाले नेपाल सरकारले आ.व. २०७६÷०७७ देखि कार्यान्वयनमा ल्याउन लागेको अव्यवहारिक ऐन, नीति, नियमलाई तत्काल कार्यान्वयन नगर्न अर्थ मन्त्री लगायत सम्बन्धित निकायहरुमा पर्साका प्रमुख जिल्ला अधिकारी नारायण भट्टराई र आन्तरिक राजस्व कार्यालय, पर्साका निमित्त प्रमुख डम्बर गुरुङलाई ज्ञापन–पत्र बुझाउनु भएको छ ।

ज्ञापन–पत्रमा पछिल्लो समयमा आएका ऐन कानूनहरुमा उद्योग, व्यापार, व्यवसाय सञ्चालन गर्ने क्रममा भुलबस हुन सक्ने त्रुटीमा समेत ठूलो रकमका साथै कैद समेतको जरिवाना गर्न सक्ने अधिकार सम्बन्धित कार्यालयलाई प्रदान गरिएको व्यवस्था अव्यवहारिक भएकोले थुनछेक, कैद गर्ने अधिकार अदालतको मातहतमा हुनुपर्ने, Vehicle & Consignment Tracking Act भंसारबाट छुट्ने, प्रस्थानबाट ट्रान्सपोर्टसम्म, लामो दूरी, ग्रामीण र पहाडी क्षेत्रका लागि लागु हुन अव्यवहारिक रहेको र ज्यालादारी कामदार माथि लगाइएको प्यान नम्बरको अनिवार्यता अव्यवहारिक भएको आदि उल्लेख भएको छ ।

कार्यक्रममा वीउवासङ्घका पदाधिकारी, कार्यसमिति सदस्य, पूर्व अध्यक्ष र उद्योगी÷व्यवसायीहरुको उपस्थिति रहेको थियो ।