उपभोक्ता सम्बन्धी गोष्ठी तथा कार्यशाला सम्पन्न । एपीएल इण्डियाले नेपालमा कन्टेनर सेवा प्रदान गर्ने । वी.म.न.पा.का प्रमुख प्रशासकीय अधिकृत डा. भूषालसँग भेटघाट तथा छलफल । कर शिक्षा तथा अन्तरक्रिया सम्पन्न । पूर्व परराष्ट्र मन्त्री एवम् नेपाली कांग्रेसका सहमहामन्त्री डा. प्रकाशसरण महतसँग भेटघाट । वीउवासङ्घद्वारा प्र.भ.अ. पोखरेलको बिदाई । वीउवासङ्घ अध्यक्ष शर्मा र भारतीय यातायात मन्त्री गडकरीबीच भेटघाट । प्रादेशिक आर्थिक नीति विषयक अन्तरक्रिया सम्पन्न । वी.म.न.पा.को अनुचित करविरुद्ध वी.उ.वा.संघ । पेशा पहिचान सम्बन्धी कार्यशाला गोष्ठी सम्पन्न । वातावरण प्रदूषण नियन्त्रण सम्बन्धी अन्तरक्रिया सम्पन्न ।
नेपाल राष्ट्र बैंक, वीरगञ्जका निर्देशक बमबहादुर मिश्रसँग वीउवासङ्घको भेटघाट
PDF Print E-mail
alt वीरगञ्ज, १० भाद्र/ नेपाल राष्ट्र बैंक, क्षेत्रीय कार्यालय, वीरगञ्जका निर्देशक बमबहादुर मिश्रसँग वीरगञ्ज उद्योग वाणिज्य सङ्घका पदाधिकारीहरुले आज एक कार्यक्रमका बीच सङ्घकै बैठक कक्षमा भेटघाट तथा छलफल गरेका छन् । कार्यक्रमको आयोजना वीउवासङ्घका का.वा. अध्यक्ष सुबोधकुमार गुप्ताको अध्यक्षतामा भएको थियो ।

कार्यक्रममा यस क्षेत्रका उद्योगी व्यवसायीहरुले भोग्नु परिरहेका बैंक तथा वित्तीय संस्था सम्बन्धी समस्या तथा सोको समाधानका सम्बन्धमा छलफल भएको थियो ।

कार्यक्रममा सङ्घका उपाध्यक्ष सुनिलकुमार खेतान, सह–कोषाध्यक्ष गोविन्द शाह, सह–सचिव आशीष लाठ लगायतका पदाधिकारी, कार्यसमिति सदस्य तथा उद्योगी व्यवसायीहरुको उपस्थिति रहेको थियो ।