उपभोक्ता सम्बन्धी गोष्ठी तथा कार्यशाला सम्पन्न । एपीएल इण्डियाले नेपालमा कन्टेनर सेवा प्रदान गर्ने । वी.म.न.पा.का प्रमुख प्रशासकीय अधिकृत डा. भूषालसँग भेटघाट तथा छलफल । कर शिक्षा तथा अन्तरक्रिया सम्पन्न । पूर्व परराष्ट्र मन्त्री एवम् नेपाली कांग्रेसका सहमहामन्त्री डा. प्रकाशसरण महतसँग भेटघाट । वीउवासङ्घद्वारा प्र.भ.अ. पोखरेलको बिदाई । वीउवासङ्घ अध्यक्ष शर्मा र भारतीय यातायात मन्त्री गडकरीबीच भेटघाट । प्रादेशिक आर्थिक नीति विषयक अन्तरक्रिया सम्पन्न । वी.म.न.पा.को अनुचित करविरुद्ध वी.उ.वा.संघ । पेशा पहिचान सम्बन्धी कार्यशाला गोष्ठी सम्पन्न । वातावरण प्रदूषण नियन्त्रण सम्बन्धी अन्तरक्रिया सम्पन्न ।
वृत्ति परामर्श तथा रोजगार मेला सम्पन्न
PDF Print E-mail
alt वीरगञ्ज, २५ माघ/ वीरगञ्ज महानगरपालिका, वीरगञ्ज उद्योग वाणिज्य सङ्घ र इन्स्योर÷सि.टि.ई.भि.टी. परियोजनाको संयुक्त आयोजनामा वीरगञ्जस्थित त्रिजुद्ध मा.वि.मा “वृत्ति परामर्श तथा रोजगार मेला” को आयोजना गरियो ।

वृत्ति परामर्श तथा रोजगार मेलाको उद्घाटन प्रमुख अतिथि प्रदेश नम्बर २ माननीय मुख्य मन्त्री श्री लालबाबु राउतज्यूले गर्नु भएको थियो भने सो अवसरमा वीरगञ्ज महानगरपालिका नगरप्रमुख श्री विजयकुमार सरावगीज्यू, उद्योग वाणिज्य सङ्घका कार्यवाहक अध्यक्ष श्री सुबोधकुमार गुप्ताज्यू लगायत प्रदेश सभा सदस्यज्यूहरु, उद्योगी व्यवसायीका साथै रोजगारका खोजीमा रहेका हजारौं बेरोजगार तथा अद्र्ध बेरोजगारी युवायुवतीको उपस्थिति रहेको थियो ।