उपभोक्ता सम्बन्धी गोष्ठी तथा कार्यशाला सम्पन्न । एपीएल इण्डियाले नेपालमा कन्टेनर सेवा प्रदान गर्ने । वी.म.न.पा.का प्रमुख प्रशासकीय अधिकृत डा. भूषालसँग भेटघाट तथा छलफल । कर शिक्षा तथा अन्तरक्रिया सम्पन्न । पूर्व परराष्ट्र मन्त्री एवम् नेपाली कांग्रेसका सहमहामन्त्री डा. प्रकाशसरण महतसँग भेटघाट । वीउवासङ्घद्वारा प्र.भ.अ. पोखरेलको बिदाई । वीउवासङ्घ अध्यक्ष शर्मा र भारतीय यातायात मन्त्री गडकरीबीच भेटघाट । प्रादेशिक आर्थिक नीति विषयक अन्तरक्रिया सम्पन्न । वी.म.न.पा.को अनुचित करविरुद्ध वी.उ.वा.संघ । पेशा पहिचान सम्बन्धी कार्यशाला गोष्ठी सम्पन्न । वातावरण प्रदूषण नियन्त्रण सम्बन्धी अन्तरक्रिया सम्पन्न ।
कलक्र्सद्वारा नेउवामहासङ्घका का.स.स.लाई सम्मान
PDF Print E-mail
alt वीरगञ्ज, २१ मङ्सिर/ वीरगञ्जको गण्डक क्षेत्रमा अवस्थित कलक्र्स रिसोर्टले वीरगञ्ज उद्योग वाणिज्य सङ्घका अध्यक्ष गोपाल केडिया र वरिष्ठ उपाध्यक्ष सुबोधकुमार गुप्तालाई स्वागत एवम् सम्मान गरेको छ । नेपाल उद्योग वाणिज्य महासङ्घको ५४औं वार्षिक साधारणसभा एवम् निर्वाचनबाट कार्यकारिणी समिति सदस्य पदमा निर्वाचित हुनु भएकोले उहाँहरुको सम्मानस्वरुप स्वागत समारोहको आयोजना गरेका हुन् । कलक्र्स रिसोर्टका अध्यक्ष सुनिलकुमार खेतानले स्वागत मन्तव्यको क्रममा वीरगञ्जमा पछिल्लो समय वीरगञ्ज लगायत यस क्षेत्रमा सञ्चालित होटलहरुभन्दा भिन्न र पृथक पहिचान सहित अत्याधुनिक एवम् सम्पूर्ण सुविधा उपलब्ध गराउने गरी सञ्चालनमा आएको यस कलक्र्स रिसोर्ट ग्राहकहरुको पहिलो रोजाईमा पर्ने विश्वास व्यक्त गर्दै निकट भविष्यमैं निर्माण गर्न बाँकी पूर्वाधार सम्पन्न गर्ने गरी कार्य भइरहेको बताउनुभयो । उहाँले निजी क्षेत्रको सर्वोच्च संस्था नेउवामहासङ्घमा वीउवासङ्घका अध्यक्ष तथा वरिष्ठ उपाध्यक्ष कार्यकारिणी समिति सदस्यमा निर्वाचित हुनुलाई यस क्षेत्रकै उद्योगी व्यवसायीहरुका लागि अत्यन्तै गौरवको विषय रहेको धारणा व्यक्त गर्नुभएको थियो । कोभिड १९ को समयावधिमा अरु उद्योग व्यवसायको तुलनामा होटल र पर्यटन व्यवसाय नराम्ररी प्रभावित भएकोले यस सेक्टरको प्रबद्र्धन एवम् विकासका लागि आवश्यक पहल एवम् समन्वयको लागि आग्रह गर्नु भएको थियो । वीउवासङ्घका अध्यक्ष केडियाले कलक्र्स रिसोर्टले आपूmहरुको सम्मानमा स्वागत कार्यक्रम आयोजना गरेकोमा धन्यवाद व्यक्त गर्नुहुँदै नेउवामहासङ्घको कार्यसमिति सदस्यमा आपूmहरुको चयनले मात्र सन्तुष्ट हुन सकिने नदेखिएकोले आउँदा दिनहरुमा नेउवामहासङ्घमा वीरगञ्जको बाकलो प्रतिनिधित्वको आवश्यकता रहेको बताउनुभयो । त्यसतै नेपाल चामल, दाल, तेल उद्योग सङ्घका केन्द्रीय अध्यक्ष एवम् वीउवासङ्घका वरिष्ठ उपाध्यक्ष गुप्ताले नेउवामहासङ्घमा वीउवासङ्घको प्रतिनिधित्व यस क्षेत्रको उद्योग व्यापारमा आउने समस्याहरुलाई नेउवामहासङ्घ मार्फत् सम्बन्धित निकायमा राखी नीति निर्माणका क्रममा समावेश गर्न सजिलो भएको बताउनुभयो । सम्मानित दुवै व्यक्तित्वहरुले निर्धारित समय सीमाभन्दा ढिलो सञ्चालनमा आएतापनि कलक्र्स रिसोर्टले वीरगञ्जमा मात्र नभई यस प्रदेश नं. २ मै आफ्नो विशिष्ट पहिचान बनाउने धारणा राखेका थिए । श्री केडिया जिल्ला तथा नगर उद्योग वाणिज्य (खुला) तर्फबाट र श्री गुप्ता वस्तुगत सङ्घको तर्फबाट नेउवामहासङ्घको का.स.स. पदमा निर्वाचित हुनु भएको हो ।