उपभोक्ता सम्बन्धी गोष्ठी तथा कार्यशाला सम्पन्न । एपीएल इण्डियाले नेपालमा कन्टेनर सेवा प्रदान गर्ने । वी.म.न.पा.का प्रमुख प्रशासकीय अधिकृत डा. भूषालसँग भेटघाट तथा छलफल । कर शिक्षा तथा अन्तरक्रिया सम्पन्न । पूर्व परराष्ट्र मन्त्री एवम् नेपाली कांग्रेसका सहमहामन्त्री डा. प्रकाशसरण महतसँग भेटघाट । वीउवासङ्घद्वारा प्र.भ.अ. पोखरेलको बिदाई । वीउवासङ्घ अध्यक्ष शर्मा र भारतीय यातायात मन्त्री गडकरीबीच भेटघाट । प्रादेशिक आर्थिक नीति विषयक अन्तरक्रिया सम्पन्न । वी.म.न.पा.को अनुचित करविरुद्ध वी.उ.वा.संघ । पेशा पहिचान सम्बन्धी कार्यशाला गोष्ठी सम्पन्न । वातावरण प्रदूषण नियन्त्रण सम्बन्धी अन्तरक्रिया सम्पन्न ।
वीउवासङ्घद्वारा नेउवामहासङ्घका पदाधिकारी तथा का.स.स.लाई सम्मान
PDF Print E-mail
alt पौष ६, वीरगञ्ज/ वीरगञ्ज उद्योग वाणिज्य सङ्घले आज एक समारोह आयोजना गरि निजीक्षेत्रका छाता सङ्गठन नेपाल उद्योग वाणिज्य महासङ्घका नवनिर्वाचित पदाधिकारी तथा कार्यकारिणी समिति सदस्यहरुको सम्मानमा स्वागत तथा सम्मान कार्यक्रम आयोजना ग¥यो । वीउवासङ्घका अध्यक्ष गोपाल केडियाको अध्यक्षतामा सम्पन्न भएको स्वागत तथा सम्मान कार्यक्रममा नेउवामहासङ्घका अध्यक्ष शेखर गोल्छा, वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकाल, जिल्ला नगर उद्योग वाणिज्य सङ्घ उपाध्यक्ष दिनेश श्रेष्ठ, एशोसिएट्स समूहबाट निर्वाचित उपाध्यक्ष रामचन्द्र संघई तथा कार्यकारिणी समिति सदस्यत्रय, अरुणराज सुमार्गी, डी.बी. बस्नेत तथा विजय साह समेतको उपस्थिति रहेको थियो ।

alt नेउवामहासङ्घका अध्यक्ष शेखर गोल्छाले निजीक्षेत्रका साझा समस्याहरुलाई सम्बोधन गर्ने दिशामा हिजोभन्दा अझ बढी प्रभावकारी ढङ्गले अघि बढ्ने बताउँदै महासङ्घलाई नयाँ तवरबाट परिभाषित गर्ने उद्देश्य अनुरुप हामी नेतृत्वमा आए लगतै प्रत्येक दिन २ बजे महासङ्घका अध्यक्ष तथा पदाधिकारीहरु नियमित रुपले महासङ्घमा आफ्नो सेवा प्रवाह गर्ने गरि व्यवस्था मिलाइएको बताउनु भएको थियो ।

वीउवासङ्घका अध्यक्ष गोपाल केडियाले स्वागत मन्तव्यको क्रममा देशका सामु विद्यमान आर्थिक, उद्योग, व्यापार, व्यवसाय, बैंक, वित्तीय संस्था, कर, राजस्व तथा निजी क्षेत्रसँग प्रत्यक्ष र परोक्ष रुपमा सरोकार राख्ने आर्थिक मुद्दाहरुको चाङ्ग नै छ । र त्यो थाती रहेको मुद्दाहरुमा हामी मोफसलका उद्यमी, व्यवसायीहरुका स्थानीय समस्या र सरोकार पनि त्यहिं कतै कुनै फाइलमा धुलो खाएर बसिरहेको भन्दै असन्तुष्टि जनाउनु भयो ।

सोही कार्यक्रममा वीरगञ्ज महानगरपालिकाका मेयर विजय सरावगीले वीरगञ्ज महानगरपालिकाले पर्सेली अर्थकर्मीहरुको लागि विशेष योजना ल्याएको बताउनुहुँदै महानगरपालिकाको तर्पmबाट मेयर सरावगीले नेउवामहासङ्घका पदाधिकारी तथा कार्यकारिणी समिति सदस्यहरुलाई खादा तथा पुष्पगुच्छाले सम्मान गर्नुभयो ।

नेउवामहासङ्घका कार्यकारिणी समितिमा वीरगञ्ज उद्योग वाणिज्य सङ्घका बहालवाला अध्यक्ष गोपाल केडिया तथा वरिष्ठ उपाध्यक्ष सुबोध गुप्ता समेत निर्वाचित भएका छन् ।

वीउवासङ्घका अध्यक्ष केडियाले स्वागत मन्तव्यको क्रममा उठाउनु भएको जिज्ञासा तथा वीउवासङ्घका पूर्वअध्यक्षहरुले आफ्नो मन्तव्यको क्रममा राख्नु भएको सुझावलाई पूर्णरुपेण कार्यान्वयनमा ल्याईने प्रतिबद्धता नेउवामहासङ्घका पदाधिकारीहरुले आफ्नो मन्तव्यको क्रममा व्यक्त गर्नुभयो ।

वीउवासङ्घका वरिष्ठ उपाध्याक्ष सुवोध गुप्ताले कार्यक्रमको अन्त्यमा धन्यवाद ज्ञापन गर्नुभयो ।