उपभोक्ता सम्बन्धी गोष्ठी तथा कार्यशाला सम्पन्न । एपीएल इण्डियाले नेपालमा कन्टेनर सेवा प्रदान गर्ने । वी.म.न.पा.का प्रमुख प्रशासकीय अधिकृत डा. भूषालसँग भेटघाट तथा छलफल । कर शिक्षा तथा अन्तरक्रिया सम्पन्न । पूर्व परराष्ट्र मन्त्री एवम् नेपाली कांग्रेसका सहमहामन्त्री डा. प्रकाशसरण महतसँग भेटघाट । वीउवासङ्घद्वारा प्र.भ.अ. पोखरेलको बिदाई । वीउवासङ्घ अध्यक्ष शर्मा र भारतीय यातायात मन्त्री गडकरीबीच भेटघाट । प्रादेशिक आर्थिक नीति विषयक अन्तरक्रिया सम्पन्न । वी.म.न.पा.को अनुचित करविरुद्ध वी.उ.वा.संघ । पेशा पहिचान सम्बन्धी कार्यशाला गोष्ठी सम्पन्न । वातावरण प्रदूषण नियन्त्रण सम्बन्धी अन्तरक्रिया सम्पन्न ।
‘निर्यात प्रबद्र्धन, पारवहन र व्यापार सहजीकरण’ विषयक अन्तरक्रिया सम्पन्न
PDF Print E-mail
alt वीरगञ्ज, १६ पौष/ वीरगञ्ज उद्योग वाणिज्य सङ्घ र उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय अन्तर्गतका नेपाल–भारत क्षेत्रीय व्यापार तथा पारवहन आयोजनाको संयुक्त आयोजनामा आज सङ्घकै बैठककक्षमा ‘निर्यात प्रबद्र्धन, पारवहन र व्यापार सहजीकरण’ विषयक अन्तरक्रिया कार्यक्रम आयोजना भएको छ ।

कार्यक्रममा वीउवासङ्घका अध्यक्ष गोपाल केडियाले वैध व्यापारको प्रोत्साहन र अवैध व्यापार निरुत्साहित हुनुपर्ने, राज्य र निजीक्षेत्र बीच दरिलो सहकार्य र सहयात्राको निरन्तरता हुनुपर्ने, विकासका सम्वाहक हामी निजीक्षेत्र र सहजीकरणको भूमिकामा रहेको राज्य पक्षबीच सही सन्तुलन एवम् सह–अस्तित्वको भावना विकास हुनुपर्ने बताउनुभयो ।

उहाँले वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय अन्तर्गत दर्ता भएको कतिपय फर्महरु कोरोनारुपी विश्वव्यापी महामारी तथा अन्य कारणवश नवीकरण गराउन छुट हुन गएका फर्महरुको नवीकरणको सहज व्यवस्था हुनुपर्ने, नवीकरण गराउन छुट भएका घरेलु तथा साना उद्योग कार्यालय अन्तर्गत दर्ता भएका उद्योगहरुलाई समेत नवीकरणका लागि समयावधि थप गर्न आवश्यक पहलको लागि सचिवज्यूको ध्यानाकर्षण गराउनु भएको थियो ।

वीउवासङ्घका महासचिव माधव राजपालले कार्यपत्र प्रस्तुतीका क्रममा बिहार लक्ष्मीपुर (रक्सौल) देखि एकीकृत भन्सार जाँचचौकी सम्मको रोड स्तरोन्नति गरी ४ लेनको बनाउनुपर्ने, यस मार्गमा रेल्वे ट्रयाक भएको हुनाले अनिवार्य रुपमा २–३ ठाँउमा आकाशे पुल निर्माण गरिनु पर्ने, दु्रत गति मार्ग भएकोले उक्त मार्गमा रात्रिमा लाईटको उचित व्यवस्थापन गरिनु पर्ने लगायतका सुझावहरु दिनु थियो ।

त्यस्तै उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका उप–सचिव श्रीधर गौतमले हालको सन्दर्भमा वाणिज्य तथा आपूर्तिसँग सम्बन्धित विषयवस्तुमा कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।

कार्यक्रममा वीरगञ्ज भंसार कार्यालयका मुख्य भंसार प्रशासक महेश आचार्यले हालका दिनमा वीरगञ्ज भंसार कार्यालयले प्रदान गर्दै सेवा सुविधा, निर्यात प्रबद्र्धनमा खेल्दै आएको भूमिका र निजीक्षेत्र सँगको समन्वयमा पु¥याउँदै आएको व्यापार सहजीकरण बारे बताउनु थियो ।

कार्यक्रममा वीउवासङ्घका पूर्व अध्यक्ष गणेशप्रसाद लाठ, अशोककुमार टेमानी, अशोककुमार वैध, प्रदीपकुमार केडिया, हरि गौतम, मनोज दास, आशीष लाठ, सुमन क्याल, शिवजी साह लगायतले आ–आफ्नो धारणा राखेका थिए ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव बैकुण्ठ अर्यालले कोभिड १९ का कारण नवीकरण हुन नसकेका वाणिज्य कार्यालयमा दर्ता भएका फर्महरुको हकमा चैत्र मसान्तसम्म र पुरानो फर्महरुको हकमा २०७८ आषाढ १० गतेसम्म समयावधि बढाइने गृहकार्य भईको चाँडै सो सम्बन्धी परिपत्र जारी गरिने बताउनुभयो । त्यस्तै अन्तरक्रिया कार्यक्रमबाट उठेका चासोहरुप्रति सरकारबाट भए गरिएका कार्यहरु बारे स्पष्ट पार्दै बाँकी विषयहरु सम्बन्धित स्तरबाट छलफल गर्ने र तत्परताका साथ समाधानका लागि पहल गर्ने प्रतिबद्धता व्यक्त गरे ।

कार्यक्रममा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका उप–सचिव श्रीधर गौतम, पार्वती शर्मा, अनिता पौडेल, शाखा अधिकृत नवराज पराजुली, वीरगञ्ज भंसार कार्यालयका मुख्य भंसार प्रशासक महेश आचार्य, सुख्खा बन्दरगाह भंसार कार्यालयका प्रमुख भंसार अधिकृत डा. लालबहादुर खत्री, वीरगञ्ज भंसार कार्यालयका प्रमुख भंसार अधिकृत हरिहर पौडेल, वीरगञ्ज भंसार कार्यालयका प्रमुख भंसार अधिकृत दिलीप केसी, वाणिज्य कार्यालय, वीरगञ्जका प्रमुख जीतबहादुर भण्डारी, उद्योगी व्यवसायीहरुको उपस्थिति रहेको थियो ।