उपभोक्ता सम्बन्धी गोष्ठी तथा कार्यशाला सम्पन्न । एपीएल इण्डियाले नेपालमा कन्टेनर सेवा प्रदान गर्ने । वी.म.न.पा.का प्रमुख प्रशासकीय अधिकृत डा. भूषालसँग भेटघाट तथा छलफल । कर शिक्षा तथा अन्तरक्रिया सम्पन्न । पूर्व परराष्ट्र मन्त्री एवम् नेपाली कांग्रेसका सहमहामन्त्री डा. प्रकाशसरण महतसँग भेटघाट । वीउवासङ्घद्वारा प्र.भ.अ. पोखरेलको बिदाई । वीउवासङ्घ अध्यक्ष शर्मा र भारतीय यातायात मन्त्री गडकरीबीच भेटघाट । प्रादेशिक आर्थिक नीति विषयक अन्तरक्रिया सम्पन्न । वी.म.न.पा.को अनुचित करविरुद्ध वी.उ.वा.संघ । पेशा पहिचान सम्बन्धी कार्यशाला गोष्ठी सम्पन्न । वातावरण प्रदूषण नियन्त्रण सम्बन्धी अन्तरक्रिया सम्पन्न ।
नेउवामहासङ्घका का.स.स. वीउवासङ्घद्वारा सम्मानित
PDF Print E-mail
alt वीरगञ्ज, १२ माघ/ नेपाल उद्योग वाणिज्य महासङ्घको ५४औं वार्षिक साधारणसभाबाट कार्यकारिणी समिति सदस्य पदमा निर्वाचित वीरगञ्ज उद्योग वाणिज्य सङ्घका अध्यक्ष गोपाल केडिया र वीउवासङ्घका वरिष्ठ उपाध्यक्ष सुबोधकुमार गुप्तालाई वीउवासङ्घ कार्यसमिति सदस्यहरुले एक कार्यक्रम बीच सम्मान गरेका छन् ।

वीरगञ्ज उद्योग वाणिज्य सङ्घका उपाध्यक्ष अनिल कुमार अग्रवाल (पटवारी) को अध्यक्षतामा आयोजित कार्यक्रममा अनिल पटवारीले स्वागत मन्तव्य राख्दै नेपालकै इतिहासमा बहालवाला अध्यक्ष तथा वरिष्ठ उपाध्यक्ष नेपाल उद्योग वाणिज्य महासङ्घको कार्यकारणी सदस्यमा निर्वाचित भएको सम्भवतः पहिलो पटक हो भन्दै नेउवामहासङ्घमा वहाँहरुको उपस्थितीले यस पर्सा बारा क्षेत्रको आर्थिक क्रियाकलापमा थप नयाँ उर्जा थपिने र विगतका वर्षदेखि वीउवासङ्घले उठाउदै आएका आर्थिक विकासका मुद्दाहरुले दिशा पाउने अभिलाषा व्यक्त गर्दै दुबैको सफल कार्यकालका लागि बधाई समेत दिनु भएको थियो ।

कार्यक्रमका प्रमुख अतिथि सङ्घका पूर्वअध्यक्ष तथा वीरगञ्ज महानगरपालिकाका नगरप्रमुख विजयकुमार सरावगीले वीरगञ्ज उद्योग वाणिज्य सङ्घले नेपालको चेम्बर आन्दोनमा अग्रणी भूमीका निर्वाह गर्दै आई रहेकोको बताउँदै महासङ्घको कार्यकारणी सदस्य पदमा निर्वाचित वर्तमान अध्यक्ष र वरिष्ठ उपाध्यक्ष क्रमशः गोपाल केडिया र सुबोधकुमार गुप्ताको काँधमा नयाँ जिम्मेवारी थपिएकोले निजी क्षेत्रका साझा अपेक्षालाई महासङ्घ मार्फत कार्यान्वयन गराउन ध्यानाकर्षण गराउँदै कार्यकालको सफलताको शुभकामना व्यक्त गर्नु भएको थियो ।

सम्मान कार्यक्रममा वीरगञ्जका खुद्रा व्यवसायीहरुको तर्फबाट अलोक जैन, उद्योगी व्यवसायीहरुको तर्फबाट डाबार नेपालका प्रबन्धक कैलाशराम चौरसिया, सङ्घको कार्यसमिति तर्फबाट कार्यसमिति सदस्य हरिगौतम, सङ्घका पदाधिकारीको तर्फबाट सचिव मनोज दास, प्रदेश नम्बर २ का प्रदेश सभासदस्य प्रहलाद गिरी, निवर्तमान अध्यक्ष तथा प्रदेशसभा सदस्य ओमप्रकाश शर्मा, संविधान सभा सदस्य अनिल रुंगटाले शुभकामना मन्तव्य राख्नु भएको थियो भने सङ्घका महासचिव माधव राजपालले धन्यवाद ज्ञापन गरेको थियो ।

कार्यक्रममा सङ्घका पदाधिकारी, कार्यसमिति सदस्यका साथै भारतीय वाणिज्य दूतावासका वाणिज्यदूत, उद्योगी, व्यवसायी, संचारकर्मीहरुको उपस्थिती रहेको थियो ।