सशस्त्र प्रनाउ गौतमसँग वीउवासङ्घको भेटघाट |
|
वीरगञ्ज, २१ माघ/
वीरगञ्ज उद्योग वाणिज्य सङ्घका पदाधिकारीहरुले प्रदेश नं. २ का सशस्त्र प्रहरी महानिरीक्षक चन्द्र गौतमलाई आज आफ्नै कार्यकक्षमा स्वागत एवम् भेटघाट गरेका छन् । कार्यक्रममा वीउवासङ्घका अध्यक्ष तथा नेपाल उद्योग वाणिज्य महासङ्घका कार्यकारिणी सदस्य गोपाल केडियाले स्वागत मन्तव्य दिनु भएको थियो । कार्यक्रममा सशस्त्र प्रहरी उपरीक्षक, सङ्घका पदाधिकारी, कार्यसमिति सदस्य, पूर्व अध्यक्ष एवम् सल्लाहकारहरुको उपस्थिति रहेको थियो ।
|