उपभोक्ता सम्बन्धी गोष्ठी तथा कार्यशाला सम्पन्न । एपीएल इण्डियाले नेपालमा कन्टेनर सेवा प्रदान गर्ने । वी.म.न.पा.का प्रमुख प्रशासकीय अधिकृत डा. भूषालसँग भेटघाट तथा छलफल । कर शिक्षा तथा अन्तरक्रिया सम्पन्न । पूर्व परराष्ट्र मन्त्री एवम् नेपाली कांग्रेसका सहमहामन्त्री डा. प्रकाशसरण महतसँग भेटघाट । वीउवासङ्घद्वारा प्र.भ.अ. पोखरेलको बिदाई । वीउवासङ्घ अध्यक्ष शर्मा र भारतीय यातायात मन्त्री गडकरीबीच भेटघाट । प्रादेशिक आर्थिक नीति विषयक अन्तरक्रिया सम्पन्न । वी.म.न.पा.को अनुचित करविरुद्ध वी.उ.वा.संघ । पेशा पहिचान सम्बन्धी कार्यशाला गोष्ठी सम्पन्न । वातावरण प्रदूषण नियन्त्रण सम्बन्धी अन्तरक्रिया सम्पन्न ।
नवनिर्वाचित अध्यक्ष सुबोधकुमार गुप्ताद्वारा पद बहाली
PDF Print E-mail
alt वीरगञ्ज, २२ चैत्र/ वीरगञ्ज उद्योग वाणिज्य सङ्घका अध्यक्ष सुबोधकुमार गुप्ताले आज एक विशेष समारोहका बीच सङ्घको अध्यक्षको पदबहाली गर्नुभयो । त्यसअघि सङ्घका सचिवालयका सम्पूर्ण कर्मचारीहरूले अध्यक्ष गुप्ता लगायत पदाधिकारीहरुलाई स्वागत गरेका छन् ।

वीरगञ्ज–पथलैया कोरिडोरलाई औद्योगिक कोरिडोरको रुपमा घोषणा गर्न पहलको लागि उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टलाईलाई सम्बोधन गरी लेखिएको पत्रमा हस्ताक्षर गरी सङ्घका नवनिर्वाचित अध्यक्ष सुबोधकुमार गुप्ताले सङ्घको पद बहाली गर्नुभयो ।

पद बहाली पश्चात् अध्यक्ष गुप्ताले सचिवालयका कर्मचारीहरूलाई सम्बोधन सहित निर्देशन दिनुभयो । सो कार्यक्रममा अध्यक्ष गुप्ताले आफ्नो कार्यकाललाई सफल पार्न सचिवालयका कर्मचारीहरूको महत्वपूर्ण भूमिका रहेकाले सचिवालयबाट सोही अनुसारको अपेक्षा आपूmले गरेको बताउनु भयो ।

alt पदाधिकारी र कार्यकारिणी समिति सदस्यहरू निश्चित कार्य अवधिका लागि निर्वाचित भएर आउँछन तर कर्मचारीहरू भनेका स्थायी संरचना भएकाले सचिवालयलाई प्रोफेशनल रूपमा सञ्चालन गरी सचिवालयले दिने सेवालाई चुस्त दुरुस्त र प्रभावकारी बनाउने आफ्नो कार्ययोजना रहेको पनि उहाँले बताउनु भयो ।

निर्देशनको क्रममा अध्यक्ष गुप्ताले भन्नु भयो–तपाईहरूबाट पाएको न्यानो स्वागतका लागि म आभार प्रकट गर्दछु । मेरो सफलता तपाईहरूको पनि सफलता भएकाले तपाईहरूबाट पूर्ण सहयोग प्राप्त हुने विश्वास लिएको छु । सङ्घमा तपाईहरूको विज्ञता र तपाईहरूले दिने सेवा अमूल्य छ । राष्ट्रिय अर्थतन्त्रको सुदृढीकरणमा निजीक्षेत्रको भूमिकालाई प्रभावकारी बनाउँदै जाने आफ्नो मुख्य लक्ष्य र उद्देश्य रहेकाले आपूmले अगाडि बढाएका कार्ययोजनालाई प्रभावकारी रूपमा सम्पादन गर्न आग्रह गर्दछु ।

सङ्घका सचिवालयका कर्मचारीहरुको तर्फबाट सङ्घका प्रशासकीय अधिकृत मनोज उपाध्यायले सङ्घको महत्व र गरिमालाई अझ उचाईमा पु¥याउन विगत झैं हामीहरुले सङ्घका पदाधिकारी तथा का.स.स.हरुलाई पूर्ण सहयोग गर्ने बताउनुभयो । उहाँले सङ्घको सचिवालयद्वारा सम्पादन गरिने सेवा प्रवाहलाई अझ छिटो छरितो, चुस्त दुरुस्त तथा प्रभावकारी रुपले सम्पादन गर्ने प्रतिबद्धताका साथ सचिवालयका कर्मचारीहरु अघि बढ्ने बताउनुभयो ।

कार्यक्रममा सङ्घका निवर्तमान अध्यक्ष गोपाल केडिया, वरिष्ठ उपाध्यक्ष अनिलकुमार अग्रवाल, कोषाध्यक्ष गोविन्द शाह, सचिव आशीष लाठ, सह–कोषाध्यक्ष प्रेमचन्द्र गोयल, सह–सचिवद्वय सुशान्त चाचान र अनोज रुँगटाको पनि उपस्थिति रहेको थियो ।