उपभोक्ता सम्बन्धी गोष्ठी तथा कार्यशाला सम्पन्न । एपीएल इण्डियाले नेपालमा कन्टेनर सेवा प्रदान गर्ने । वी.म.न.पा.का प्रमुख प्रशासकीय अधिकृत डा. भूषालसँग भेटघाट तथा छलफल । कर शिक्षा तथा अन्तरक्रिया सम्पन्न । पूर्व परराष्ट्र मन्त्री एवम् नेपाली कांग्रेसका सहमहामन्त्री डा. प्रकाशसरण महतसँग भेटघाट । वीउवासङ्घद्वारा प्र.भ.अ. पोखरेलको बिदाई । वीउवासङ्घ अध्यक्ष शर्मा र भारतीय यातायात मन्त्री गडकरीबीच भेटघाट । प्रादेशिक आर्थिक नीति विषयक अन्तरक्रिया सम्पन्न । वी.म.न.पा.को अनुचित करविरुद्ध वी.उ.वा.संघ । पेशा पहिचान सम्बन्धी कार्यशाला गोष्ठी सम्पन्न । वातावरण प्रदूषण नियन्त्रण सम्बन्धी अन्तरक्रिया सम्पन्न ।
सङ्घका नवनिर्वाचित पदाधिकारीहरुद्वारा शपथ ग्रहण
PDF Print E-mail
alt चैत २१, वीरगञ्ज । वीरगञ्ज उद्योग वाणिज्य संघका नवनिर्वाचित पदाधिकारी तथा कार्य समिति सदस्यहरूको शपथ तथा पदस्थापन गरिएको छ । संघको ४५ औं वार्षिक साधारणसभाबाट निर्वाचित कार्य समितिको शुक्रबार साँझ वीरगञ्जमा पदस्थापन भएको हो ।

समारोहमा प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले निजीक्षेत्रको प्रवर्द्धन नभई अर्थतन्त्रको उन्नति हुन नसक्ने बताए । प्रदेश सरकार निजीक्षेत्रको उत्थानका लागि सहकार्यमा अग्रसर भएको भनाइ मुख्यमन्त्री राउतको थियो ।

निजीक्षेत्रको नेतृत्व नयाँ सम्भाव्यताको खोजी र समस्याहरूको समाधानमा रचनात्मक बन्नुपर्ने पनि उनले बताए । सांसद प्रदीप यादवले बारा–पर्सा औद्योगिक कोरिडोरमा उद्योग र मानवबस्तीबीच विभिन्न खालका समस्या देखिएको भन्दै समाधानका लागि उद्योगी जिम्मेवार बन्नुपर्ने बताए ।

उद्योगीहरूले स्थानीयबासिन्दाको सरोकार सम्बोधनलाई प्राथमिकतामा राख्नुपर्ने सांसद यादवको भनाइ थियो । उद्योग सञ्चालनको अनुमति लिँदा स्वीकार गरेका शर्तहरूको पालना भए समस्या न्यूनीकरण हुने उनले बताए ।

alt वीरगञ्ज महानगरका नगर प्रमुख विजयकुमार सरावगीले उद्योग व्यवसायको प्रवद्र्धन नै आर्थिक विकासको आधार भएको बताए । निजीक्षेत्र र लगानीमैत्री वातावरण निर्माणको खाँचो पनि उनले औंल्याए ।

प्रदेश २ का प्रदेशसभा सदस्यसमेत रहेका संघका पूर्वअध्यक्ष ओमप्रकाश शर्माले सरकार उद्योग व्यापार क्षेत्रका समस्याको निकासमा उदासीन रहेको आरोप लगाए । बारा–पर्सा क्षेत्रबाट सरकारले करमात्र उठाउने उद्देश्य राखेको आरोप पनि उनले लगाए ।

नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्र ढकालले कोरोना महामारीबाट थलिएको उद्योग व्यापार क्षेत्रलाई प्रोत्साहन हुने गरी नीति निर्माण गर्न आग्रह गरे । निजीक्षेत्रका अपेक्षा सम्बोधन नभएसम्म आर्थिक विकासको उद्देश्य पूरा हुन नसक्ने दाबी उनको थियो ।

संघका निवर्तमान अध्यक्ष गोपाल केडियाले निजीक्षेत्रका स्वाभाविक अपेक्षाहरूको सम्बोधनमा समेत सरकारले अपेक्षित काम गर्न नसकेको गुनासो गरे ।

alt नवनिर्वाचित अध्यक्ष सुवोधकुमार गुप्ताले निजीक्षेत्रका माग सम्बोधन गराउन निजीक्षेत्रका संघसंस्थाको भूमिका पनि महत्वपूर्ण हुने बताए । आफ्नो कार्यकाललाई रचनात्मक बनाउने र यो उद्देश्यमा सबै पक्षको सहयोगको अपेक्षा राखेको पनि अध्यक्ष गुप्ताको भनाइ थियो ।