उपभोक्ता सम्बन्धी गोष्ठी तथा कार्यशाला सम्पन्न । एपीएल इण्डियाले नेपालमा कन्टेनर सेवा प्रदान गर्ने । वी.म.न.पा.का प्रमुख प्रशासकीय अधिकृत डा. भूषालसँग भेटघाट तथा छलफल । कर शिक्षा तथा अन्तरक्रिया सम्पन्न । पूर्व परराष्ट्र मन्त्री एवम् नेपाली कांग्रेसका सहमहामन्त्री डा. प्रकाशसरण महतसँग भेटघाट । वीउवासङ्घद्वारा प्र.भ.अ. पोखरेलको बिदाई । वीउवासङ्घ अध्यक्ष शर्मा र भारतीय यातायात मन्त्री गडकरीबीच भेटघाट । प्रादेशिक आर्थिक नीति विषयक अन्तरक्रिया सम्पन्न । वी.म.न.पा.को अनुचित करविरुद्ध वी.उ.वा.संघ । पेशा पहिचान सम्बन्धी कार्यशाला गोष्ठी सम्पन्न । वातावरण प्रदूषण नियन्त्रण सम्बन्धी अन्तरक्रिया सम्पन्न ।
सङ्घका पदाधिकारीद्वारा मुख्यमन्त्री राउतसँग भेटघाट तथा छलफल
PDF Print E-mail
alt बीरगंज, २३ चैत्र/ वीरगञ्ज उद्योग वाणिज्य सङ्घका अध्यक्ष तथा नेपाल उद्योग वाणिज्य महासङ्घका केन्द्रीय सदस्य सुबोधकुमार गुप्ताको अध्यक्षतामा सङ्घको निर्वाचन तथा पद बहाली पश्चात् पहिलो भ्रमण जनकरपुरधाममा माता जानकीको दर्शन गर्न पुगेको थियो ।

उक्त भ्रमणका क्रममा भ्रमण टोली आजै प्रदेश नम्बर नं. २ का मुख्यमन्त्री महम्मद लालबाबु राउतलाई उहाँकै निवासमा भेटघाट समेत गर्नु भएको थियो ।

मुख्यमन्त्री सँगको भेटघाटका क्रममा सङ्घका अध्यक्ष गुप्ताले पर्सा तथा बारा जिल्लामा अवस्थित वीरगञ्ज–पथलैया औद्योगिक कोरिडोरको हालको अवस्था बारे अवगत गराउँदै यस औद्योगिक कोरिडोरलाई वैधानिक रुपमा औद्योगिक कोरिडोरको मान्यता प्रदान गर्नुका साथै प्रदेश नम्बर २ रोजगारी सृजना, कृषिमा आत्मनिर्भरता, औद्योगिक क्रान्ति, प्रदेश नम्बर २ को अर्थतन्त्र निर्यातमुखी बनाउने, उद्योग, व्यवसायमुखी बैकिङ्ग नीति, नेपाल तथा भारतको व्यापारिक सम्बन्धलाई अझै सुमधुर बनाउने, कृषि क्रान्तिका लागि “हर खेत में पानी और हर हात में काम” प्रदेश सरकारको नारालाई मूर्त रुप दिनुका साथै प्रदेश २ सञ्चालनमा रहेका विकास निर्माणका परियोजना फास्ट ट्रयाक, हुलाकी राजमार्ग, निजगढमा अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण, मुख्य मुख्य राजमार्गहरुलाई ६ लेनमा स्तरोन्नति गरिनु पर्ने तर्फ ध्यानाकर्षण गराउनु भएको थियो ।

सोही अवसरमा मुख्यमन्त्री राउतले सङ्घले अघि सारेका कृषि, औद्योगिक, व्यवसायिक, रोजगारी, विकास निर्माण सम्बन्धी मुद्दाहरुलाई प्रदेश सरकारको मातहतमा रहेका प्रदेश सरकारले पहल गर्ने तथा संघीय सरकारका मातहतका परियोजनालाई संघीय सरकार समक्ष परियोजनालाई प्रभावकारी र शीघ्र सम्पन्न गराउन पहल गर्ने बताउनु भएको थियो ।

भ्रमण टोलीमा सङ्घका निवर्तमान अध्यक्ष तथा नेपाल उद्योग वाणिज्य महासङ्घका केन्द्रीय सदस्य गोपाल केडिया, सङ्घका वरिष्ठ उपाध्यक्ष अनिलकुमार अग्रवाल, उपाध्यक्ष माधव राजपालको सहभागिता रहेको थियो ।