उपभोक्ता सम्बन्धी गोष्ठी तथा कार्यशाला सम्पन्न । एपीएल इण्डियाले नेपालमा कन्टेनर सेवा प्रदान गर्ने । वी.म.न.पा.का प्रमुख प्रशासकीय अधिकृत डा. भूषालसँग भेटघाट तथा छलफल । कर शिक्षा तथा अन्तरक्रिया सम्पन्न । पूर्व परराष्ट्र मन्त्री एवम् नेपाली कांग्रेसका सहमहामन्त्री डा. प्रकाशसरण महतसँग भेटघाट । वीउवासङ्घद्वारा प्र.भ.अ. पोखरेलको बिदाई । वीउवासङ्घ अध्यक्ष शर्मा र भारतीय यातायात मन्त्री गडकरीबीच भेटघाट । प्रादेशिक आर्थिक नीति विषयक अन्तरक्रिया सम्पन्न । वी.म.न.पा.को अनुचित करविरुद्ध वी.उ.वा.संघ । पेशा पहिचान सम्बन्धी कार्यशाला गोष्ठी सम्पन्न । वातावरण प्रदूषण नियन्त्रण सम्बन्धी अन्तरक्रिया सम्पन्न ।
प्रनाम सिंहसँग वीउवासङ्घको भेटघाट
PDF Print E-mail
alt वीरगञ्ज, २२ चैत्र/ वीरगञ्ज उद्योग वाणिज्य सङ्घका अध्यक्ष तथा नेपाल उद्योग वाणिज्य सङ्घका केन्द्रीय सदस्य सुबोधकुमार गुप्ताको नेतृत्वमा सम्मिलित वीउवासङ्घका एक शिष्टमण्डल टोलीले सोमवार प्रदेश नं. २ का प्रहरी नायब महानिरीक्षक धिरज प्रताप सिंहसँग उहाँकै कार्यकक्षमा भेटघाट तथा छलफल गरेका छन् ।

छलफलका क्रममा वीउवासङ्घका अध्यक्ष गुप्ताले खारेज गरिएको औद्योगिक सुरक्षा बललाई पुनस्र्थापना गर्न र वैध व्यापारलाई प्रोत्साहन तथा अवैध व्यापारलाई निरुत्साहित तुल्याउने नीति लिन आग्रह गर्नुभयो । उहाँले सेफर वीरगञ्जद्वारा परिचालित सिसिटिभी परियोजनाबाट वीरगञ्जवासी लाभान्वित भइरहेकोले यस परियोजनालाई पर्सा–बारा औद्योगिक क्षेत्रभरि विस्तार गर्न आवश्यक बजेट विनियोजनको लागि आवश्यक पहल गर्न आग्रह गर्नुभयो । उहाँले पर्सा–बारामा विगतका वर्षदेखि शान्ति सुरक्षामा आएको सुधारलाई निरन्तरता दिइनुपर्ने तर्फ ध्यानाकर्षण गराउनुभएको थियो । त्यस्तै पर्सा–बारामा अत्यधिक आर्थिक क्रियाकलाप हुने भएकोले सोही अनुपातमा सुरक्षा हुनुपर्ने बताउँदै स्माइलिङ्ग प्रहरी र फ्रेण्डली प्रहरीको अवधारणालाई व्यवहारमा रुपान्तरित गरिनुपर्नेमा जोड दिनुभयो ।

प्रनाम सिंहले प्रदेश नं. २ को शान्ति सुरक्षाको लागि आपूm गम्भीर एवम् सम्वेदनशील रहेको बताउनुभयो । उहाँले आपराधिक क्रियाकलापमा संलग्न रहने जोकोहीलाई पनि उन्मुक्ति दिन नसकिने बताउनुभयो । साथै सेफर वीरगञ्जद्वारा परिचालित सिसिटिभी परियोजनाको लागि बजेट विनियोजन गर्न उहाँले आवश्यक पहल गर्ने आश्वासन दिनुभयो ।

कार्यक्रममा वीउवासङ्घका निवर्तमान अध्यक्ष तथा नेउवामहासङ्घका केन्द्रीय सदस्य गोपाल केडिया, वरिष्ठ उपाध्यक्ष अनिलकुमार अग्रवाल, उपाध्यक्ष माधव राजपाल लगायतले शान्ति सुरक्षा कायम गर्न प्रहरीको भूमिकाका सम्बन्धमा आ–आफ्ना धारणा व्यक्त गरेका थिए ।