उपभोक्ता सम्बन्धी गोष्ठी तथा कार्यशाला सम्पन्न । एपीएल इण्डियाले नेपालमा कन्टेनर सेवा प्रदान गर्ने । वी.म.न.पा.का प्रमुख प्रशासकीय अधिकृत डा. भूषालसँग भेटघाट तथा छलफल । कर शिक्षा तथा अन्तरक्रिया सम्पन्न । पूर्व परराष्ट्र मन्त्री एवम् नेपाली कांग्रेसका सहमहामन्त्री डा. प्रकाशसरण महतसँग भेटघाट । वीउवासङ्घद्वारा प्र.भ.अ. पोखरेलको बिदाई । वीउवासङ्घ अध्यक्ष शर्मा र भारतीय यातायात मन्त्री गडकरीबीच भेटघाट । प्रादेशिक आर्थिक नीति विषयक अन्तरक्रिया सम्पन्न । वी.म.न.पा.को अनुचित करविरुद्ध वी.उ.वा.संघ । पेशा पहिचान सम्बन्धी कार्यशाला गोष्ठी सम्पन्न । वातावरण प्रदूषण नियन्त्रण सम्बन्धी अन्तरक्रिया सम्पन्न ।
वीउवासङ्घको नवआगन्तुक प्रजिअ घिमिरेसँग भेटघाट तथा छलफल
PDF Print E-mail
alt वीरगञ्ज, चैत्र २५÷ वीरगञ्ज उद्योग वाणिज्य सङ्घले एक समारोह बीच सङ्घकै कार्यकक्षमा पर्साका नवआगन्तुक प्रमुख जिल्ला अधिकारी पिताम्बर घिमिरेसँग भेटघाट तथा छलफल गरेको छ ।

समारोहमा वीउवासङ्घका अध्यक्ष सुबोधकुमार गुप्ताले सङ्घको ऐतिहासिक पृष्ठभूमि, यस क्षेत्रको बढ्दो आर्थिक महत्व र बोकेको अपार सम्भावना व्यक्त गर्दै यस क्षेत्रका सामु रहेको चुनौती तथा उद्योगी व्यवसायीहरुले भोगिरहेको समस्याहरु बारे प्रकाश पार्नु भएको थियो । उहाँले वीरगञ्ज लगायत पर्सा–बारा क्षेत्रमा आर्थिक क्रियाकलाप बढी हुने र खुल्ला नाका भएकोले आपराधिक गतिविधि सोही अनुपात हुने सक्ने भएकोले सोही अनुरुपको सुरक्षा व्यवस्थाको प्रबन्धको लागि आग्रह गर्नुभएको थियो । उहाँले “हामी गलत र अवैध काममा यहाँलाई कुनै पनि सिफारिस गर्ने छैनौं । तर सँगसँगै स्थानीय प्रशासन र प्रहरीको भूमिका पनि निजीक्षेत्रमैत्री बनोस् भन्ने अपेक्षा राखेका छौं” भनी थप्नुभयो । त्यस्तै ७० प्रतिशत जति कार्गो यसै नाकाबाट आयात हुने गरेको र राष्ट्रिय राजस्वमा ५०–६० प्रतिशतको योगदान यस क्षेत्रको रहेकोले सोही अनुरुप यस क्षेत्रको भौतिक पूर्वाधारको विकास हुनुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा प्रजिअ घिमिरेले पर्सा जिल्लावासीको शान्ति सुरक्षा तथा अमनचैन कायम राख्न तथा आपराधिक गतिविधिलाई पूर्ण रुपमा निरुत्साहित तुल्याउने तर्फ आपूmले प्रभावकारी भूमिका निर्वहन गर्ने बताउनुभयो । उहाँले उपभोक्ता संरक्षणको लागि बजार अनुगमन गर्दा सरोकारवाला निकायहरुको एकीकृत टिम गठन गरी अनुगमन गरिने बताउनुभयो । त्यस्तै आपूm स्वयम् पनि ९ वर्ष उद्योग मन्त्रालयमा रही कार्य सम्पादन गरेकोले उद्योग प्रतिष्ठान र निजीक्षेत्रको भूमिका राष्ट्रको आर्थिक उन्नयनमा महत्वपूर्ण रहेको बताउनुभयो ।

वीरगञ्जमा हुने ध्वनि प्रदूषण, बजार क्षेत्रमा हुने ट्राफिक व्यवस्थापन, औद्योगिक कोरिडोरमा शान्ति सुरक्षाको व्यवस्था, कोभिडको पुनरागमनको सन्त्रास रहेको हुँदा अहिलेदेखि स्वास्थ्य सुरक्षाका मापदण्ड जस्तैः मास्क र भौतिक दूरी कायम गराउन जागरुक तुल्याउनुपर्ने लगायतका सम्बन्धमा गोपाल केडिया, हरि गौतम, माधव राजपाल, गणेशप्रसाद लाठ, अशोककुमार टेमानी, अवधेश सरावगी, अनोज रुँगटा लगायतका वक्ताहरुले प्रजिअ घिमिरेलाई सुझाव दिनुभयो ।

कार्यक्रममा सङ्घका वरिष्ठ उपाध्यक्ष अनिलकुमार अग्रवालले धन्यवाद ज्ञापन गर्नु भएको कार्यक्रममा सङ्घका पदाधिकारी, का.स.स., उद्योगी व्यापारीहरुको उपस्थिति रहेको थियो ।