उपभोक्ता सम्बन्धी गोष्ठी तथा कार्यशाला सम्पन्न । एपीएल इण्डियाले नेपालमा कन्टेनर सेवा प्रदान गर्ने । वी.म.न.पा.का प्रमुख प्रशासकीय अधिकृत डा. भूषालसँग भेटघाट तथा छलफल । कर शिक्षा तथा अन्तरक्रिया सम्पन्न । पूर्व परराष्ट्र मन्त्री एवम् नेपाली कांग्रेसका सहमहामन्त्री डा. प्रकाशसरण महतसँग भेटघाट । वीउवासङ्घद्वारा प्र.भ.अ. पोखरेलको बिदाई । वीउवासङ्घ अध्यक्ष शर्मा र भारतीय यातायात मन्त्री गडकरीबीच भेटघाट । प्रादेशिक आर्थिक नीति विषयक अन्तरक्रिया सम्पन्न । वी.म.न.पा.को अनुचित करविरुद्ध वी.उ.वा.संघ । पेशा पहिचान सम्बन्धी कार्यशाला गोष्ठी सम्पन्न । वातावरण प्रदूषण नियन्त्रण सम्बन्धी अन्तरक्रिया सम्पन्न ।
होटल तथा पर्यटन व्यवसायी सङ्घ, पर्साद्वारा वीउवासङ्घका पदाधिकारीहरु सम्मानित
PDF Print E-mail
alt वीरगञ्ज, ३१ चैत्र/ होटल तथा पर्यटन व्यवसायी सङ्घ, पर्साले वीरगञ्ज उद्योग वाणिज्य सङ्घका नवनिर्वाचित पदाधिकारीहरुलाई स्वागत एवम् सम्मान गरेको छ ।

होटल तथा पर्यटन व्यवसायी सङ्घ, पर्साका अध्यक्ष हरि पन्तको सभापतित्वमा सम्पन्न स्वागत एवम् सम्मान कार्यक्रममा संविधानसभा सदस्य अनिल रुँगटा, दिपेन्द्र चौहान, श्याम बञ्जारा, अनुप तिवारी लगायतको उपस्थिति रहेको थियो ।

समारोहमा वीउवासङ्घका अध्यक्ष सुबोधकुमार गुप्ता, वरिष्ठ उपाध्यक्ष अनिलकुमार अग्रवाल, उपाध्यक्ष हरि गौतम, उपाध्यक्ष माधव राजपाल, कोषाध्यक्ष गोविन्द शाह, सह–कोषाध्यक्ष प्रेमचन्द्र गोयल, सह–सचिवद्वय सुशान्त चाचान तथा अनोज रुँगटा सम्मानित हुनु भएको थियो ।

सोही समारोहबाट नेपाल पत्रकार महासङ्घका विभिन्न पदमा निर्वाचित हुनु भएका महानुभावहरुको पनि सम्मान गरिएको थियो ।