उपभोक्ता सम्बन्धी गोष्ठी तथा कार्यशाला सम्पन्न । एपीएल इण्डियाले नेपालमा कन्टेनर सेवा प्रदान गर्ने । वी.म.न.पा.का प्रमुख प्रशासकीय अधिकृत डा. भूषालसँग भेटघाट तथा छलफल । कर शिक्षा तथा अन्तरक्रिया सम्पन्न । पूर्व परराष्ट्र मन्त्री एवम् नेपाली कांग्रेसका सहमहामन्त्री डा. प्रकाशसरण महतसँग भेटघाट । वीउवासङ्घद्वारा प्र.भ.अ. पोखरेलको बिदाई । वीउवासङ्घ अध्यक्ष शर्मा र भारतीय यातायात मन्त्री गडकरीबीच भेटघाट । प्रादेशिक आर्थिक नीति विषयक अन्तरक्रिया सम्पन्न । वी.म.न.पा.को अनुचित करविरुद्ध वी.उ.वा.संघ । पेशा पहिचान सम्बन्धी कार्यशाला गोष्ठी सम्पन्न । वातावरण प्रदूषण नियन्त्रण सम्बन्धी अन्तरक्रिया सम्पन्न ।
वीउवासङ्घद्वारा समिति विस्तार
PDF Print E-mail
alt वीरगञ्ज, बैशाख ९/ वीरगञ्ज उद्योग वाणिज्य सङ्घले प्रचलित विधान बमोजिम विभिन्न समितिहरुको विस्तार भएको छ ।

सङ्घको वाणिज्य समितिको संयोजकमा सङ्घका वरिष्ठ उपाध्यक्ष अनिलकुमार अग्रवाल, उद्योग समितिको संयोजकमा सङ्घका उपाध्यक्ष हरिप्रसाद गौतम र रोजगारदाता समितिको संयोजकमा सङ्घका उपाध्यक्ष माधव राजपाल मनोनयन हुनु भएको छ ।

समिति विस्तार कार्यक्रममा सङ्घका अध्यक्ष सुबोधकुमार गुप्ताले उद्योग, वाणिज्य र रोजगारदाता समिति महत्वपूर्ण समिति भएकोले यस क्षेत्रको उद्योग, व्यापार फस्टाउने वातावरण निर्माण गर्न समितिहरुले परिणाममुखी भूमिका खेल्नु पर्ने सुझाव दिनुभयो । त्यसका समितिहरुले सम्बन्धित क्षेत्रको महत्वपूर्ण मुद्दाहरुमा सरोकारवाला निकायहरु समक्ष लवीको लागि प्रस्तुत गर्न समेत सुझाव दिनु भयो ।

वाणिज्य समितिका संयोजक अनिलकुमार अग्रवालले वाणिज्यसँग सम्बन्धित मुद्दाहरु, उद्योग समितिका संयोजक हरिप्रसाद गौतमले उद्योगसँग सम्बन्धित मुद्दाहरु र रोजगारदाता समितिका संयोजक माधव राजपालले श्रम सम्बन्धी मुद्दाहरुलाई निरुपण गर्ने तर्फ आ–आफ्नो तर्फबाट प्रभावकारी भूमिका निर्वाह गर्ने बताउनुभयो ।