उपभोक्ता सम्बन्धी गोष्ठी तथा कार्यशाला सम्पन्न । एपीएल इण्डियाले नेपालमा कन्टेनर सेवा प्रदान गर्ने । वी.म.न.पा.का प्रमुख प्रशासकीय अधिकृत डा. भूषालसँग भेटघाट तथा छलफल । कर शिक्षा तथा अन्तरक्रिया सम्पन्न । पूर्व परराष्ट्र मन्त्री एवम् नेपाली कांग्रेसका सहमहामन्त्री डा. प्रकाशसरण महतसँग भेटघाट । वीउवासङ्घद्वारा प्र.भ.अ. पोखरेलको बिदाई । वीउवासङ्घ अध्यक्ष शर्मा र भारतीय यातायात मन्त्री गडकरीबीच भेटघाट । प्रादेशिक आर्थिक नीति विषयक अन्तरक्रिया सम्पन्न । वी.म.न.पा.को अनुचित करविरुद्ध वी.उ.वा.संघ । पेशा पहिचान सम्बन्धी कार्यशाला गोष्ठी सम्पन्न । वातावरण प्रदूषण नियन्त्रण सम्बन्धी अन्तरक्रिया सम्पन्न ।
सङ्घद्वारा पत्रकार महासंघ पर्साका नवनिर्वाचित पदाधिकारीलाई सम्मान
PDF Print E-mail
alt वीरगंज, १० बैशाख/ वीरगंज उद्योग वाणिज्य संघले नेपाल पत्रकार महासंघको हालै सम्पन्न निर्वाचनमा पर्सा जिल्लाबाट विजयी हुने नवनिर्वाचित पदाधिकारीहरुलाई स्वागत तथा सम्मान गरेको छ । वीरगन्ज उद्योग वाणिज्य संघले शुक्रबार कार्यक्रम गरी पर्साका नवनिर्वाचित पदाधिकारी र सदस्यहरुलाई स्वागत तथा सम्मान गरेको हो । नेपाल पत्रकार महासंघको इतिहासमा पहिलो पटक केन्द्र,प्रदेश र जिल्ला तीनै तहको प्रत्यक्ष निर्वाचनबाट निर्वाचित पदाधिकारीहरु माला ,अबिर ,गम्छा र सम्मानपत्र सहित सम्मानित भएका हुन । वीरगञ्ज उद्योग वाणिज्य संघका नवनिर्वाचित अध्यक्ष सुबोध गुप्ताको अध्यक्षतामा सम्पन्न स्वागत तथा सम्मान कार्यक्रममा स्वागत मन्तब्य राख्दै अध्यक्ष गुप्ताले नेपाल पत्रकार महासंघ पर्सा शाखाले पत्रकारको हकहितको संरक्षण र पत्रकारिताको मूल्य मान्यतालाई थप सुदृढ बताउने विश्वासका साथै पर्सा र बाराले बोकेको आर्थिक, उद्योग, व्यापार लगायत विकास निर्माणसंग सम्बन्धित अपार सम्भावना, अवसर, चुनौती र हांकलाई नवनिर्वाचित समितिले विश्लेषणत्मक तवरबाट उजागर गर्ने विश्वास राख्दै नेपाल पत्रकार महासंघ र वीरगञ्ज उद्योग वाणिज्य संघबीच विद्यमान संस्थागत सम्बन्ध अझै सुमधुर हुने विश्वास व्यक्त गरे । कार्यक्रममा अतिथीहरु तथा नेपाल पत्रकार महासंघका नवनिर्वाचित केन्द्रीय सचिव दीपेन्द्र चौहान, केन्द्रीय सदस्य केसी लामिछाने, प्रदेश नम्बर दुईका महासचिव श्याम बन्जारा, पर्सा अध्यक्ष अनुप तिवारीले विगतका गल्तीहरुलाई सच्याउदै दुईवटै संघको सम्बन्ध सुधार र औधोगिक कोरिडोरका समस्याहरुलाई केन्द्र स्तरमा पुर्याउन कलम चलाउने बताए । alt कार्यक्रममा उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष अनिल पटवारी, माधव राजपाल, उपाध्यक्ष हरि गौतम र माधव राजपाल लगायतकाले मन्तव्य राखेका थिए । कार्यक्रमको सहजीकरण वीरगन्ज उद्योग वाणिज्य संघका मनोज उपाध्यायले गरेका थिए ।