उपभोक्ता सम्बन्धी गोष्ठी तथा कार्यशाला सम्पन्न । एपीएल इण्डियाले नेपालमा कन्टेनर सेवा प्रदान गर्ने । वी.म.न.पा.का प्रमुख प्रशासकीय अधिकृत डा. भूषालसँग भेटघाट तथा छलफल । कर शिक्षा तथा अन्तरक्रिया सम्पन्न । पूर्व परराष्ट्र मन्त्री एवम् नेपाली कांग्रेसका सहमहामन्त्री डा. प्रकाशसरण महतसँग भेटघाट । वीउवासङ्घद्वारा प्र.भ.अ. पोखरेलको बिदाई । वीउवासङ्घ अध्यक्ष शर्मा र भारतीय यातायात मन्त्री गडकरीबीच भेटघाट । प्रादेशिक आर्थिक नीति विषयक अन्तरक्रिया सम्पन्न । वी.म.न.पा.को अनुचित करविरुद्ध वी.उ.वा.संघ । पेशा पहिचान सम्बन्धी कार्यशाला गोष्ठी सम्पन्न । वातावरण प्रदूषण नियन्त्रण सम्बन्धी अन्तरक्रिया सम्पन्न ।
वीउवासङ्घद्वारा नारायणी अस्पताललाई स्वास्थ्य उपकरण सहयोग
PDF Print E-mail
alt वीरगञ्ज, १० आषाढ/ वीरगञ्ज उद्योग वाणिज्य सङ्घले नारायणी अस्पताललाई एक समारोहका बीच स्वास्थ्य उपकरणहरु हस्तान्तरण गरेका छन् ।

विश्वव्यापी महामारीको रुपमा फैलिएको कोभिड १९ को सम्भावित तेस्रो लहरलाई मध्यनजर गर्दै वीउवासङ्घका अध्यक्ष सुबोधकुमार गुप्ताले रु.९ लाख मूल्य बराबरको ३ थान मेडिकल अक्सिजन कन्सेन्ट्रेटर र २ थान प्यासेन्ट मोनिटर नारायणी अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डा. वीरेन्द्रबहादुर प्रधानलाई हस्तान्तरण गर्नु भएको हो । हस्तान्तरण गर्दै वीउवासङ्घका अध्यक्ष गुप्ताले हस्तान्तरण गरिएका उपकरणहरु पूर्ण रुपमा सञ्चालनमा आउने आशा प्रकट गर्नुभयो । कार्यक्रमका क्रममा उहाँले सहयोग स्वरुप हेल्भेटास नेपाल–इलम परियोजनाबाट प्राप्त स्वास्थ्य उपकरण प्रति आभार व्यक्त गर्नुहुँदै आगामी दिनहरुमा समेत यस्ता कार्यहरुको लागि सहयोगको अपेक्षा राखेको बताउनुभयो ।

स्वास्थ्य सेवालाई अझ सुदृढ एवम् प्रभावकारी ढङ्गबाट प्रवाह गर्न सहज होस् भन्ने उद्देश्यले वीरगञ्ज उद्योग वाणिज्य सङ्घले सघन चिकित्सा इकाई निर्माण गर्नुका साथै उपकरणहरु हस्तान्तरण गरिएको हो । उक्त स्वास्थ्य उपकरणहरु वीउवासङ्घलाई हेल्भेटास नेपाल, इलम परियोजनाबाट सहयोग स्वरुप प्राप्त भएको थियो ।

कार्यक्रममा डा. निरज सिंह, वीउवासङ्घका महासचिव मनोज दास, मनोज उपाध्याय, हेल्भेटास नेपाल–इलम परियोजना, प्रदेश नं. २ का संयोजक कृष्णलाल कर्ण, वीरगञ्ज नेपालका बिजनेस कन्सल्टेन्सी सुनिलकुमार साह लगायतको उपस्थिति रहेको थियो ।