उपभोक्ता सम्बन्धी गोष्ठी तथा कार्यशाला सम्पन्न । एपीएल इण्डियाले नेपालमा कन्टेनर सेवा प्रदान गर्ने । वी.म.न.पा.का प्रमुख प्रशासकीय अधिकृत डा. भूषालसँग भेटघाट तथा छलफल । कर शिक्षा तथा अन्तरक्रिया सम्पन्न । पूर्व परराष्ट्र मन्त्री एवम् नेपाली कांग्रेसका सहमहामन्त्री डा. प्रकाशसरण महतसँग भेटघाट । वीउवासङ्घद्वारा प्र.भ.अ. पोखरेलको बिदाई । वीउवासङ्घ अध्यक्ष शर्मा र भारतीय यातायात मन्त्री गडकरीबीच भेटघाट । प्रादेशिक आर्थिक नीति विषयक अन्तरक्रिया सम्पन्न । वी.म.न.पा.को अनुचित करविरुद्ध वी.उ.वा.संघ । पेशा पहिचान सम्बन्धी कार्यशाला गोष्ठी सम्पन्न । वातावरण प्रदूषण नियन्त्रण सम्बन्धी अन्तरक्रिया सम्पन्न ।
वीउवासङ्घद्वारा ग्रेटर वीरगञ्ज समिति गठन
PDF Print E-mail
alt वीरगञ्ज, आषाढ ३१/ वीरगञ्ज उद्योग वाणिज्य सङ्घले सङ्घको प्रचलित विधान बमोजिम थप समिति विस्तार भएको छ ।

सङ्घ अन्तर्गत गठित ग्रेटर वीरगञ्ज समितिको संयोजकमा वीरगञ्ज उद्योग वाणिज्य सङ्घका पूर्वअध्यक्ष अशोककुमार टेमानीलाई मनोनयन गरेको छ ।

समिति विस्तार कार्यक्रममा सङ्घका अध्यक्ष सुबोधकुमार गुप्ताले सङ्घद्वारा अघि सारिएको ग्रेटर वीरगञ्ज अवधारणा बारे पूर्व अध्यक्ष टेमानी जानकार रहेकोले उक्त समितिको संयोजकमा उहाँको मनोनयनले अवधारणालाई पूरा गराउन सहज हुने बताउनुभयो । साथै ग्रेटर वीरगञ्ज समितिको संयोजकमा उहाँको मनोनयनले सङ्घको समग्र उद्देश्य पूरा गर्नमा सहजता आउने विश्वास लिएको बताउनुभयो ।

ग्रेटर वीरगञ्ज समितिका संयोजक टेमानीले ग्रेटर वीरगञ्जको अवधारणालाई मूर्त रुप प्रदान गर्नको लागि स्थानीय तह, प्रदेश र केन्द्रीय तहमा समेत निरन्तर संवाद र सहकार्य हुँदै आएको बताउनुहुँदै ग्रेटर वीरगञ्जको अवधारणा आफ्नो अध्यक्षीय कार्यकालमा शुरुवात भएकोले यसलाई घनिभूत रुपले अघि बढाउने प्रतिबद्धता जाहेर गर्नुभयो । कार्यक्रममा सङ्घका उपाध्यक्ष श्री हरि गौतम र महासचिव मनोजकुमार दासको उपस्थिति रहेको थियो ।