उपभोक्ता सम्बन्धी गोष्ठी तथा कार्यशाला सम्पन्न । एपीएल इण्डियाले नेपालमा कन्टेनर सेवा प्रदान गर्ने । वी.म.न.पा.का प्रमुख प्रशासकीय अधिकृत डा. भूषालसँग भेटघाट तथा छलफल । कर शिक्षा तथा अन्तरक्रिया सम्पन्न । पूर्व परराष्ट्र मन्त्री एवम् नेपाली कांग्रेसका सहमहामन्त्री डा. प्रकाशसरण महतसँग भेटघाट । वीउवासङ्घद्वारा प्र.भ.अ. पोखरेलको बिदाई । वीउवासङ्घ अध्यक्ष शर्मा र भारतीय यातायात मन्त्री गडकरीबीच भेटघाट । प्रादेशिक आर्थिक नीति विषयक अन्तरक्रिया सम्पन्न । वी.म.न.पा.को अनुचित करविरुद्ध वी.उ.वा.संघ । पेशा पहिचान सम्बन्धी कार्यशाला गोष्ठी सम्पन्न । वातावरण प्रदूषण नियन्त्रण सम्बन्धी अन्तरक्रिया सम्पन्न ।
सांसद यादवद्वारा २१ थान सिसिटिभी क्यामेरा हस्तान्तरण
PDF Print E-mail
alt वीरगञ्ज, १ श्रावण/ पर्सा क्षेत्र नं. १ का सांसद प्रदीप यादवले वीरगञ्ज उद्योग वाणिज्य सङ्घका अध्यक्ष सुबोधकुमार गुप्तालाई सङ्घकै कार्यकक्षमा एक समारोहका बीच रकम रु.१० लाखको लागत पर्ने २१ थान सिसिटिभी क्यामेरा हस्तान्तरण गरेका छन् ।

कार्यक्रममा सांसद यादवले आफ्नो संसदीय कोषबाट व्यवस्थित एवम् सुरक्षित वीरगञ्जको अवधारणा अनुसार वीरगञ्ज उद्योग वाणिज्य सङ्घको अगुवाईमा स्थानीय प्रशासन, प्रहरी र को सहकार्यमा गठित सेफर वीरगञ्ज २१ थान सिसिटिभी क्यामेरा हस्तान्तरण गरेका हुन् । उहाँले हस्तान्तरण गरिएको क्यामेराबाट वीरगञ्ज नगरको सुरक्षा व्यवस्थामा थप सहयोग पुग्ने विश्वास लिएको बताउनुभयो । यसैगरी रजत जयन्ती चोकदेखि परवानीपुर चोक हुँदै ड्राईपोर्टसम्मको ट्राफिक लाईटको आवश्यकता देखिएको चोकहरुको पहिचान गर्न र लाईनको व्यवस्थापनको लागतको अध्ययन गर्न प्रहरी उपरीक्षकसँग आग्रह गर्नुभयो र सोमा लाग्ने खर्चको व्यवस्थापन आपूmले गर्ने बताउनुभयो ।

हस्तान्तरित सिसिटिभी क्यामेरा वीरगञ्ज उद्योग वाणिज्य सङ्घ–सेफर वीरगञ्ज समितिको प्रत्यक्ष निरीक्षणमा जडान भई शिघ्र संचालन आउने जानकारी सङ्घका अध्यक्ष सुबोधकुमार गुप्ताले आफ्नो स्वागत मन्तव्यका क्रममा राख्नु भएको थियो । यसैगरी वीरगञ्जको शान्ति सुरक्षालाई मध्यनजर गरी सङ्घको अग्रसरतामा वीरगञ्जमा जडान भएका सिसिटिभी क्यामराका लागि थप आवश्यक दक्ष जनशक्तिका लागि सङ्घका अध्यक्षले कार्यक्रममा सहभागी पर्सा प्रहरी प्रमुख बेलबहादुर पाण्डेको ध्यानाकर्षण गराउनु भयो ।

उक्त कार्यक्रममा सङ्घका उपाध्यक्षद्वय हरि गौतम र माधव राजपाल, कोषाध्यक्ष गोविन्द शाह, सह–कोषाध्यक्ष प्रेमचन्द्र गोयल, सह–सचिवद्वय सुशान्त चाचान र अनोज रुँगटा, कार्यसमिति सदस्यहरुको उपस्थिति रहेको थियो । सङ्घका वरिष्ठ उपाध्यक्ष अनिलकुमार अग्रवालले धन्यवाद ज्ञापन गर्नु भएको कार्यक्रममा सहजीकरण सङ्घका महासचिव तथा सेफर वीरगञ्ज समितिका सभापति मनोजकुमार दासले गर्नु भएको थियो ।