उपभोक्ता सम्बन्धी गोष्ठी तथा कार्यशाला सम्पन्न । एपीएल इण्डियाले नेपालमा कन्टेनर सेवा प्रदान गर्ने । वी.म.न.पा.का प्रमुख प्रशासकीय अधिकृत डा. भूषालसँग भेटघाट तथा छलफल । कर शिक्षा तथा अन्तरक्रिया सम्पन्न । पूर्व परराष्ट्र मन्त्री एवम् नेपाली कांग्रेसका सहमहामन्त्री डा. प्रकाशसरण महतसँग भेटघाट । वीउवासङ्घद्वारा प्र.भ.अ. पोखरेलको बिदाई । वीउवासङ्घ अध्यक्ष शर्मा र भारतीय यातायात मन्त्री गडकरीबीच भेटघाट । प्रादेशिक आर्थिक नीति विषयक अन्तरक्रिया सम्पन्न । वी.म.न.पा.को अनुचित करविरुद्ध वी.उ.वा.संघ । पेशा पहिचान सम्बन्धी कार्यशाला गोष्ठी सम्पन्न । वातावरण प्रदूषण नियन्त्रण सम्बन्धी अन्तरक्रिया सम्पन्न ।
लायन्स क्लबद्वारा वीउवासङ्घका अध्यक्ष तथा का.स.स. सम्मानित
PDF Print E-mail
alt वीरगञ्ज, ७ श्रावण/ लायन्स क्लव अफ वीरगञ्ज आदर्शनगरले वीरगञ्ज उद्योग वाणिज्य सङ्घका अध्यक्ष तथा कार्यसमिति सदस्यलाई आज एक समारोहका बीच सम्मान गरेको छ ।

होटल मकालुमा आयोजित कार्यक्रममा सङ्घका अध्यक्ष सुबोधकुमार गुप्ता तथा कार्यसमिति सदस्य दिपक टिबडेवाल, प्रमोद चौरसिया र सुरेश रुँगटालाई क्लबका अध्यक्ष संजय खेतानले अबिरको टिका तथा माला लगाई बधाई पत्रद्वारा सम्मान गर्नु भएको थियो । सम्मान गर्दै क्लबका अध्यक्ष खेतानले सङ्घका वरिष्ठ उपाध्यक्ष रहेका बखत महासङ्घको सदस्यमा निर्वाचित हुनु भएका गुप्ताले आफ्नो व्यक्तित्वलाई निरन्तर उँचाईमा पु¥याई रहनु भएको बताउनु भयो । लायन्स क्लबसँग आबद्ध सम्मानित हुने अध्यक्ष र कार्यसमिति सदस्य वीरगञ्ज उद्योग वाणिज्य सङ्घमा निर्वाचित हुनु भएकोमा धेरै खुशीको कुरा रहेको बताउनु भयो ।

साथै सोही कार्यक्रममा क्लबका अध्यक्ष संजय खेतानले आफ्नो कार्यकालमा हाल सम्म गरिएका कामहरुको बारेमा जानकारी दिँदै आगामी एक वर्षको लागि नवनिर्वाचित अध्यक्ष शंकर मालुलाई आफ्नो पद हस्तान्तरण गर्नु भएको थियो ।

कार्यक्रममा बोल्दै सङ्घका अध्यक्ष गुप्ताले यो सम्मान आफ्नो सम्मान मात्र नभई सम्पूर्ण लायन्स क्लबको सम्मान रहेको बताउदै सम्मान गरेको प्रति क्लबलाई धन्यवाद समेत दिनुभयो । उहाँले वीरगञ्ज उद्योग वाणिज्य सङ्घको इतिहासमा सङ्घको अध्यक्ष नभई केन्द्रमा चुनाव जित्ने आपूm पहिलो व्यक्ति रहेको बताउनुभयो ।

साथै आपूm चुनावमा जितेका अहम् भूमिका लायन्स क्लबको रहेको बताउँदै नवनिर्वाचित अध्यक्ष शंकर मालुलाई बधाई समेत दिनुभयो ।