उपभोक्ता सम्बन्धी गोष्ठी तथा कार्यशाला सम्पन्न । एपीएल इण्डियाले नेपालमा कन्टेनर सेवा प्रदान गर्ने । वी.म.न.पा.का प्रमुख प्रशासकीय अधिकृत डा. भूषालसँग भेटघाट तथा छलफल । कर शिक्षा तथा अन्तरक्रिया सम्पन्न । पूर्व परराष्ट्र मन्त्री एवम् नेपाली कांग्रेसका सहमहामन्त्री डा. प्रकाशसरण महतसँग भेटघाट । वीउवासङ्घद्वारा प्र.भ.अ. पोखरेलको बिदाई । वीउवासङ्घ अध्यक्ष शर्मा र भारतीय यातायात मन्त्री गडकरीबीच भेटघाट । प्रादेशिक आर्थिक नीति विषयक अन्तरक्रिया सम्पन्न । वी.म.न.पा.को अनुचित करविरुद्ध वी.उ.वा.संघ । पेशा पहिचान सम्बन्धी कार्यशाला गोष्ठी सम्पन्न । वातावरण प्रदूषण नियन्त्रण सम्बन्धी अन्तरक्रिया सम्पन्न ।
मुख्यमन्त्री लालबाबु राउतद्वारा सिसिटिभी नियन्त्रण कक्षको उद्घाटन
PDF Print E-mail
alt वीरगञ्ज, ३१ श्रावण/ प्रदेश नं. २ का माननीय मुख्यमन्त्री लालबाबु राउतज्यूले आज एक कार्यक्रमका बीच सिसिटिभी, एलईडी भिडियो वाल नियन्त्रण कक्ष भवनको उद्घाटन गर्नुभयो । पर्साका प्रहरी उपरीक्षक श्री बेलबहादुर पाण्डेज्यूले स्वागत मन्तव्य राख्नु भएको उक्त कार्यक्रमको सभापतित्वमा सेफर वीरगञ्जका संयोजक तथा वीरगञ्ज उद्योग वाणिज्य सङ्घका महासचिव श्री मनोजकुमार दासज्यूले गर्नुभएको थियो । त्यस्तै सेफर वीरगञ्जको सम्बन्धमा कार्यपत्र प्रस्तुतीकरण वीउवासङ्घका वरिष्ठ उपाध्यक्ष श्री अनिलकुमार अग्रवालज्यूले गर्नुभएको थियो ।

alt कार्यक्रममा प्रदेश नं. २ का मुख्य न्यायाधीवक्ता श्री दिपेन्द्र झाज्यू, पर्साका प्रमुख जिल्ला अधिकारी श्री पिताम्बर घिमिरेज्यू, प्रदेश नं. २ का प्रहरी नायब महानिरीक्षक श्री उमेश रञ्जितकारज्यू, पर्साका प्रहरी उपरीक्षक श्री बेलबहादुर पाण्डेज्यू, नेपाल उद्योग वाणिज्य महासङ्घ–प्रदेश नं. २ का अध्यक्ष श्री गणेशप्रसाद लाठज्यू, वीरगञ्ज उद्योग वाणिज्य सङ्घका अध्यक्ष श्री सुबोधकुमार गुप्ताज्यू, निवर्तमान अध्यक्ष श्री गोपाल केडियाज्यू, माननीय प्रदेश सभा सदस्यज्यूहरु, राजनीतिक पार्टीका प्रतिनिधिज्यूहरु, सङ्घका सञ्चारकर्मीहरुको सहभागिता रहेको थियो ।

alt