उपभोक्ता सम्बन्धी गोष्ठी तथा कार्यशाला सम्पन्न । एपीएल इण्डियाले नेपालमा कन्टेनर सेवा प्रदान गर्ने । वी.म.न.पा.का प्रमुख प्रशासकीय अधिकृत डा. भूषालसँग भेटघाट तथा छलफल । कर शिक्षा तथा अन्तरक्रिया सम्पन्न । पूर्व परराष्ट्र मन्त्री एवम् नेपाली कांग्रेसका सहमहामन्त्री डा. प्रकाशसरण महतसँग भेटघाट । वीउवासङ्घद्वारा प्र.भ.अ. पोखरेलको बिदाई । वीउवासङ्घ अध्यक्ष शर्मा र भारतीय यातायात मन्त्री गडकरीबीच भेटघाट । प्रादेशिक आर्थिक नीति विषयक अन्तरक्रिया सम्पन्न । वी.म.न.पा.को अनुचित करविरुद्ध वी.उ.वा.संघ । पेशा पहिचान सम्बन्धी कार्यशाला गोष्ठी सम्पन्न । वातावरण प्रदूषण नियन्त्रण सम्बन्धी अन्तरक्रिया सम्पन्न ।
वीउवासङ्घ अध्यक्ष गुप्ता मानार्थ विद्यावारिधी
PDF Print E-mail
alt वीरगञ्ज उद्योग वाणिज्य संघका अध्यक्ष सुवोधकुमार गुप्तालाई फ्रान्सको यूरोपियन इन्टरनेशनल युनिभर्सिटीले मानार्थ विद्यावारिधी प्रदान गरेको छ ।

सो युनिभर्सिटीले उनलाई मंगलवार दुबईमा सो पद्वी प्रदान गरेको हो । गुप्तालाई ग्लोबल लिडरशीप एण्ड म्यानेजमेन्टअन्तर्गत सामाजिक, व्यावसायिक र आर्थिक क्षेत्रमा पुर्‍याएको योगदानको कदर गर्दै सो विद्यावारिधी दिइएको युनिभर्सिटीका ग्लोबल प्रोमोटर अजय देसाइले बताएका छन् ।

सन् २००४ देखि संघमा सक्रिय रहेका गुप्ता अहिले नेपाल उद्योग वाणिज्य महासंघका कार्यकारिणी सदस्य तथा बैंकिङ, फाइनान्स र बीमा समितिका सहसंयोजक र नेपाल चामल, दाल र तेल उद्योग संघका अध्यक्ष पनि छन् ।

औद्योगिक तथा व्यापारिक समूह मोहित ग्रुपमा प्रबन्ध निर्देशक रहेका गुप्ता नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश नं २, वीरगञ्जको रेलवे मावि र नेपाल रेडक्रस सोसाइटी पर्साका सल्लाहकार पनि हुन् ।