उपभोक्ता सम्बन्धी गोष्ठी तथा कार्यशाला सम्पन्न । एपीएल इण्डियाले नेपालमा कन्टेनर सेवा प्रदान गर्ने । वी.म.न.पा.का प्रमुख प्रशासकीय अधिकृत डा. भूषालसँग भेटघाट तथा छलफल । कर शिक्षा तथा अन्तरक्रिया सम्पन्न । पूर्व परराष्ट्र मन्त्री एवम् नेपाली कांग्रेसका सहमहामन्त्री डा. प्रकाशसरण महतसँग भेटघाट । वीउवासङ्घद्वारा प्र.भ.अ. पोखरेलको बिदाई । वीउवासङ्घ अध्यक्ष शर्मा र भारतीय यातायात मन्त्री गडकरीबीच भेटघाट । प्रादेशिक आर्थिक नीति विषयक अन्तरक्रिया सम्पन्न । वी.म.न.पा.को अनुचित करविरुद्ध वी.उ.वा.संघ । पेशा पहिचान सम्बन्धी कार्यशाला गोष्ठी सम्पन्न । वातावरण प्रदूषण नियन्त्रण सम्बन्धी अन्तरक्रिया सम्पन्न ।
सङ्घद्वारा भन्सार विभागका महानिर्देशकसँग छलफल तथा अन्तरक्रिया
PDF Print E-mail
alt वीरगञ्ज, १६ फाल्गनु/ वीरगञ्ज उद्योग वाणिज्य सङ्घले भन्सार विभागका महानिर्देशक कमलप्रसाद भट्टराई तथा विभागका पदाधिकारीहरु संग सङ्घको सभाकक्षमा भन्सार संग सम्बन्धित विषय छलफल तथा अन्तरक्रिया गरेको छ ।

वीरगञ्ज उद्योग वाणिज्य सङ्घका अध्यक्ष डा. सुबोधकुमार गुप्ताले स्वागत मन्तव्यका क्रममा वीरगञ्ज उद्योग वाणिज्य सङ्घको ऐतिहासिक पृष्ठभूमि र यस क्षेत्रको औद्योगिक, व्यापारिक महत्व तथा उपादेयका बारे प्रकाश पार्नु भएको थियो ।

डा.गुप्ताले नेपालबाट रातो बासमती निर्यातका लागि हामीले पहल गर्नुपर्ने बताउँदै उद्योगको लागि आयात गर्ने मेशीनमा १ प्रतिशत भन्सार लाग्ने गरेता पनि मेशीनको पाट्र्सहरु मंगाउँदा बढी भन्सार तिर्नु पर्ने व्यवस्थालाई परिमार्जन गरि १ पतिशतमै झार्नु पर्ने तर्फ महानिर्देशकको ध्यानाकर्षण गराउनु भएको थियो । अध्यक्ष डा. गुप्ताले आईसिपीबाट हाल मालवाहक सवारी साधनमात्र आइृ रहेकोले पब्लिक सवारी साधन चार पाङ्गग्रेलाई पनि आवत जावत गर्ने गरि सहजता प्रदान गर्न मांग गर्दै आम सर्वसाधारणको लागि पनि आवत जावत खुला गरिनु पर्ने तर्फ जोड दिनु भएको थियो ।

विगत वर्षहरुमा सरकारले दालको निर्यातमा ४ प्रतिशत अनुदान दिने गरेको थियो तर अहिले आएर अनुदान दिन बन्द गरेकोले दलहन निर्यातमा सरकारले दिंदै आइको अनुदानलाई पुनः लागु गरिनु पर्ने तर्फ महानिर्देशकलाई बताउनु भएको थियो ।

कार्यक्रममा सङ्घले भन्सारमा देखिएका कार्यगत, व्यवहारिक तथा नीतिगत त्रुटीहरुलाई लिपीबद्ध गरि सङ्घका उपाध्यक्ष तथा भन्सार समितिका सभापति माधव राजपालले प्रस्तुत गर्नु भएको थियो ।