|
प्रादेशिक आर्थिक नीति विषयक अन्तरक्रिया सम्पन्न |
|
वीरगञ्ज, १४ श्रावण/
वीरगञ्ज उद्योग वाणिज्य सङ्घको आतिथ्यता र प्रदेश नं. २ का आर्थिक मामिला तथा योजना मन्त्रालयको आयोजनामा प्रादेशिक आर्थिक नीति विषयक अन्तरक्रिया कार्यक्रम आज सङ्घकै सभाकक्षमा सम्पन्न भयो ।
कार्यक्रममा प्रदेश नं. २ का आर्थिक मामिला तथा योजना मन्त्री माननीय विजयकुमार यादव तथा भौतिक पूर्वाधार विकास मन्त्री माननीय जितेन्द्र सोनल, प्रमुख सचिव श्री राजेश्वर मान सिंह, नीति आयोगका उपाध्यक्ष डा. हरिवंश झा, वीउवासङ्घका अध्यक्ष ओमप्रकाश शर्मा लगायत सङ्घका पदाधिकारी, पूर्व अध्यक्ष, का.स.स.हरुको उपस्थिति रहेको थियो ।
|