वीउवासङ्घ अध्यक्ष शर्मा र भारतीय यातायात मन्त्री गडकरीबीच भेटघाट
Print
alt नयाँ दिल्ली, १७ श्रावण/ वीरगञ्ज उद्योग वाणिज्य सङ्घका अध्यक्ष ओमप्रकाश शर्माले भारतीय सडक यातायात तथा राजमार्ग मन्त्री नितिन गडकरीसँग एक समारोहका बीच भेटघाट तथा छलफल गरेको छ ।

भेटघाटको क्रममा सङ्घका अध्यक्ष शर्माले रक्सौल रेल्वे क्रसिङ्गले गर्दा नेपाल भारत दुवै मुलुकका पर्यटक लगायत सर्वसाधारणलाई दिनहुँजसो घण्टौं जाममा बस्नुपर्ने बाध्यता रहेकोले रक्सौल रेल्वे क्रसिङ्गमा आकाशे पुलको निर्माण तथा मोतिहारी–पिपराकोठी–रक्सौल राजमार्गलाई यथाशीघ्र ४ लेनको रुपमा स्तरोन्नति, रक्सौल कस्टम नजिकको मितेरी पुलमा लाग्ने गरेको जामलाई हटाउन समानान्तर पुलको निर्माण गर्न, रक्सौल तथा आसपासका सडकहरुलाई फराकिलो पार्न, सीमावर्ती शहर रक्सौललाई भौतिक पूर्वाधार सहितको शहरको रुपमा विकसित तुल्याउन तथा आन्तरिक उडानको लागि रक्सौलको विमानस्थल सञ्चालनमा ल्याउन पहलका लागि मन्त्री गडकरीसँग आग्रह गर्नुभयो ।

सडक यातायात तथा राजमार्ग मन्त्री नितिन गडकरीले सीमावर्ती शहर रक्सौल तथा आसपासका सडकहरुलाई फराकिलो पार्न, रक्सौल रेल्वे क्रसिङ्गमा आकाशे पुलको निर्माण तथा मोतिहारी–पिपराकोठी–रक्सौल राजमार्गको स्तरोन्नति, रक्सौलको विमानस्थललाई यथाशीघ्र सञ्चालनमा ल्याउनको लागि आपूmले गम्भीरताका साथ पहल गर्ने बताउनुभयो ।

भेटघाटको क्रममा सीमावर्ती क्षेत्र (बेतिया) भारत, विहारका सांसद सञ्जय जयसवाल तथा नेपाल भारत सहयोग मञ्का केन्द्रीय अध्यक्ष तथा सङ्घका पूर्व अध्यक्ष अशोककुमार वैधको उपस्थिति रहेको थियो ।

alt त्यसैगरी वीरगञ्ज उद्योग वाणिज्य सङ्घका अध्यक्ष ओमप्रकाश शर्माले भारतको उत्तरी दिल्ली नगर निगमका लिडर अफ हाउस तिलक राज कटारियासँग उहाँकै कार्यकक्षमा भेटघाट तथा छलफल गरेको छ ।

भेटघाट तथा छलफल कार्यक्रममा नगरवासीहरुलाई प्रभावकारी ढङ्गबाट दिन सकिने सेवा, सुविधा, कर संकलन प्रक्रिया, विकास निर्माणका कार्यहरु बारे छलफल भएको थियो ।

भेटघाटको क्रममा नेपाल भारत सहयोग मञ्का केन्द्रीय अध्यक्ष तथा सङ्घका पूर्व अध्यक्ष अशोककुमार वैधको उपस्थिति रहेको थियो ।