प्रस, वीरगंज, २२ साउन/
उद्योग र उद्योगीहरूलाई सुरक्ष्Fा प्रदान गरी नाफा कमाउने वातावरण बनाउने सरकारको उद्देश्य रहेको पूर्वप्रधानमन्त्री एवं नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बताएका छन् ।
नेपाल उद्योग वाणिज्य महासङ्घले आयोजना गरेको जिल्ला तथा नगरस्तरीय उद्योग वाणिज्य महासङ्घको राष्ट्रिय भेलाको उद्घाटन गर्दै अध्यक्ष्F प्रचण्डले उद्योगीहरूलाई उद्योग स्थापना गर्न उत्साहित गर्न सरकारले नयाँ नीति ल्याउन छलफल भइरहेको बताए।
नेता प्रचण्डले सरकारले देशमा सुशासनको वातावरण बनाइरहेको र चाँडै देशको विकास हुने बताए। लामो सङ्घर्ष, राजनीतिक उथलपुथल, हजारौंको बलिदानपछि देशमा स्थायी सरकार बनेको र सरकारबाट आम जनताको धेरै अपेक्ष्Fा गरेको र त्यो खेर नजाने उनले बताए। सरकार गठन भएको केही समयमा वर्तमान सरकारले धेरै परिवर्तन गरेको र अझ धेरै काम बाँकी रहेको र ती काम पूरा गर्न सरोकारवालासँग छलफल गरी अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गरे।
सरकार बन्नु अघि पार्टीले ल्याएको नारा र जारी गरेको घोषणापत्र अनुसार काम भए–नभएको विषयमा पनि मन्त्रीहरूले जिम्मेवारीका साथ काम गर्न आग्रह गरेका थिए।
नेपालमा अन्तर्राष्ट्रिय पूँजी भिœयाउन सरकारले विभिन्न किसिमका एजेन्डा ल्याएको र सो विषयमा व्यवसायीहरूसँग छलफल भइरहेको जानकारी गराए। राज्यले अब जनतालाई गाँस, वास, कपासको ग्यारेन्टी दिनेगरी काम अगाडि बढाएको उनले बताए। नेपाली उद्योगीहरूलाई गुणात्मक उत्पादनको नीति लिएर निर्यातमुखी उद्योग सञ्चालन गर्न उनले आग्रह गरेका थिए। निजी क्षेत्र र सहकारी क्षेत्रलाई जोडेर वर्तमान सरकार अगाडि बढेमा मुलुकमा विकास हुने बताए।
उद्योग तथा वाणिज्यमन्त्री मातृका यादवले देश व्यथित अवस्थामा गुज्रिरहेको भन्दै चिन्ता व्यक्त गरे। देशमा सुशासन ल्याउने काम वर्तमान सरकारले गरिरहेको मन्त्री यादवले बताए। ऐन कानून बन्दैमा व्यापारीहरूले आत्तिनुपर्दैन भन्दै उनले व्यापारीहरूले गलत काम गर्न छाडेमा ऐन, कानूनले केही गर्दैन, यसर्थ कानूनमाथि टीकाटिप्पणी गर्नुभन्दा आपूm ठीक भएर अगाडि बढ्न आग्रह गरे।
नेता यादवले आप्mनो मन्त्रालय मातहत रहेका सबै कर्मचारीलाई केही नेता र व्यापारीले बिगार्ने काम गरिरहेको र सो कार्य तत्काल रोक्न व्यापारीहरूलाई आग्रह गरे। नराम्रो काम गर्ने जोकोहीलाई थुन्ने चेतावनी दिंदै मन्त्री यादवले मन्त्रालय मातहत अब एकद्वार प्रणाली लागू गरी दर्ता प्रक्रियामा झमेला खडा नहुने बताए । नेपालका व्यापारीहरूप्रति व्यङ्ग्य गर्दै उनले टे«डमार्क चोरी गर्नमा माहिर रहेको र सो कार्य तत्काल रोक्न सुझाव दिए।
कार्यक्रममा स्वागत मन्तव्य दिंदै वीउवासङ्घका अध्यक्ष ओमप्रकाश शर्माले नेपालमा अहिले क्षेत्रीय नेता बन्ने होड चलेको बताए। प्रदेशस्तरमा कुनै किसिमको सेवा सुविधा नभए पनि नेता बन्ने रहरले व्यापारीहरू मारमा परेको भन्दै वीरगंजलाई औद्योगिक क्षेत्र घोषणा गर्न प्रधानमन्त्री आपैm सिमरा आएको र सेज निर्माणको प्रक्रिया अगाडि बढाए पनि स्थानीयको विरोधको कारण काम रोकिएकोमा चिन्ता व्यक्त गरे।
महासङ्घका अध्यक्ष्F भवानी राणाको सभापतित्वमा शुरु भएको कार्यक्रममा पूर्वअध्यक्ष चन्डीप्रसाद ढकाल, उपाध्यक्ष किशोरकुमार प्रधान, निवर्तमान अध्यक्ष्F पशुपति मुरारकालगायतले मन्तव्य व्यक्त गरेका थिए। कार्यक्रम सञ्चालन मनोज उपाध्यायले गरेका थिए।
साभारः
|