|
सङ्घका व.उपाध्यक्ष केडिया सम्मानित |
|
वीरगञ्ज, २ भाद्र/
वीरगञ्ज उद्योग वाणिज्य सङ्घका वरिष्ठ उपाध्यक्ष गोपाल केडिया सम्मानित भएका छन् । लियो क्लब अफ वीरगञ्जको सातौ पदस्थापना तथा पहिलो काउन्सिलको बैठकमा आयोजना गरिएको कार्यक्रममा केडिया सम्मानित भएका हुन् । लियो क्लब वीरगञ्जका संस्थापक अध्यक्ष तथा १९९५÷९६ लियो क्लब डिष्ट्रिक्ट ३२५ को रािष्ट्रय अध्यक्ष समेत रहेर काम गर्नु भएका केडियालाई कदर स्वरुप सम्मान गरिएको लियो क्लब अफ वीरगञ्जका निवर्तमान अध्यक्ष दिपेन यादवले जानकारी दिए ।
केडियालाई लायन्स क्लब अफ इन्टरनेशनलका निवर्तमान डाइरेक्टर लायन्स सञ्जय खेतान, प्रतिनिधिसभा सदस्य शेष चाँदतारा तथा पर्साका प्रमुख जिल्ला अधिकारी लोकनाथ पौड्यालले संयुक्त रुपमा दोसल्ला ओढाएर सम्मान गरेका थिए । यसैगरी लियो क्लबको डिष्ट्रिक्ट पदस्थापना पनि शनिवार नै सम्पन्न भएको छ । लियो क्लब २०१८÷०१९ का नवनिर्वाचित पदाधिकारीहरुलाई डिष्ट्रिक्ट बी २ का प्रेसिडेन्ट सुशील ओझाले शपथ ग्रहण गराएका थिए ।
|