| वीउवासङ्घद्वारा प्र.भ.अ. पोखरेलको बिदाई | ||
|
वीरगञ्ज, १७ भाद्र/
वीरगञ्ज उद्योग वाणिज्य सङ्घले वीरगञ्ज भंसार कार्यालयका प्रमुख भंसार अधिकृृत सेवन्तक पोखरेललाई आज एक कार्यक्रम बीच सङ्घकै कार्यकक्षमा बिदाई गरेको छ ।
कार्यक्रमको सभापतित्व सङ्घका का.वा. अध्यक्ष गोपाल केडियाले गर्नु भएको थियो । कार्यक्रममा नि.अध्यक्ष प्रदीपकुमार केडिया, उपाध्यक्ष सुबोधकुमार गुप्ता, पूर्व अध्यक्ष अशोककुमार टेमानी, अशोककुमार वैध, गणेशप्रसाद लाठ, महासचिव सुनिलकुमार खेतान, सह–सचिव प्रेमचन्द्र गोयल लगायतको उपस्थिति रहेको थियो ।
|