“जाऔं है पोखरा” अभियानका टोलीलाई वीउवासङ्घद्वारा स्वागत
Print
alt वीरगञ्ज, २४ मङ्सिर/ “जाऔं है पोखरा” नारा लिएर पश्चिमाञ्चल होटल एशोसिएशन, पोखराको एक भ्रमण टोलीलाई आज प्रदेश नम्बर २ का उद्योग, पर्यटन, वन तथा वातावरण राज्यमन्त्री माननीय सुरेशकुमार मण्डलको प्रमुख आतिथ्य तथा यस वीरगञ्ज उद्योग वाणिज्य सङ्घका अध्यक्ष तथा नेपाल उद्योग वाणिज्य महासङ्घका कार्यकारिणी सदस्य गोपाल केडियाको सभापतित्वमा आन्तरिक पर्यटन पुनरुत्थान तथा प्रबद्र्धन अभियान टोलीसँग सङ्घमा अन्तरक्रिया गरेको छ । कार्यक्रममा पश्चिमाञ्चल होटल एशोसिएशनका अध्यक्ष बिकल तुलाचनका साथै पोखराका होटल व्यवसायी र वीरगञ्जका होटल व्यवसायी, पत्रकार आदिको उपस्थितिमा सङ्घका वरिष्ठ उपाध्यक्ष तथा नेउवामहासङ्घका कार्यकारिणी सदस्य सुबोधकुमार गुप्ताको उपस्थिति रहेको थियो ।