वीरगञ्ज भंसार र एकीकृत जाँचचौकीको स्थलगत निरीक्षण सम्पन्न
Print
alt वीरगञ्ज, २८ मङ्सिर/ वीरगञ्जका वीरगञ्ज भन्सार कार्यालय, एकिकृत भन्सार जाँच चौकीका साथै ड्राईपोर्ट भन्सार कार्यालयमा आयात तथा निर्यातमा देखिएका विभिन्न समस्यालाई स्थलगत रुपमा बुझन् अर्थमन्त्रालयका राजस्व सचिव रामशरण पुडासैनीको संयोजकत्वमा आएको एक विशिष्ट ठोलीले स्थलगत भ्रमण गरि एकिकृत भन्सार जाँच चौकी पुगेर सरोकारवालाहरु संग छलफल गरेको थियो ।

वीरगञ्ज उद्योग वाणिज्य सङ्घले व्यापार सहजिकरण हेतु समय समयमा उठाउँदै आएका समस्याहरुलाई स्थतगत रुपमा नै बुझने प्रयास नेपाल सरकार, अर्थमन्त्रालयको टोलीले गरेको छ ।

सङ्घका वरिष्ठ उपाध्यक्ष तथा नेपाल उद्योग वाणिज्य महासङ्घका केन्द्रिय सदस्य सुबोधकुमार गुप्ताको संयोजकत्वमा गएको एक प्रतिनिधि मण्डलले नेपालको भारत तथा तेस्रो मुलुक संग हुने गरेको आयात निर्यातमा बारम्बार देखा परेका समस्याहरुलाई औल्याउनु भएको थियो भने उपाध्यक्ष गुप्ताले संघले तयार परेको विभिन्न समस्याहरुलाई लिखित रुपमानै राजस्व सचिव पुडासैनीलाई दिनु भएको थियो ।

छलफलको क्रममा कोभिड १९ का कारण शिथिल हुन पुगेको अर्थव्यवस्थालाई कसरी उकासने भन्ने सवालमा नीजि क्षेत्रका प्रतिनिधि लगायत सरोकारवालाहरुलाई एकै ठाउँमा राखी छलफल गरि निराकणका ठोस उपाय खोजी व्यापार सहजिकरण गर्ने उद्देश्यले हामी काठमाण्डौंबाट आएको अर्थमन्त्रालयका राजस्व सचिव रामशरण पुडासैनीले छलफलको क्रममा उपस्थित सरोकारवालाहरुलाई बताउनु भएको थियो ।

कार्यक्रममा अर्थमन्त्रालय राजश्व व्यवस्थापन महाशाखा प्रमुख राजेश्वर दंगाल, भन्सार विभागका महानिर्देशक सुमन दाहालका साथै वीरगञ्जका मुख्य भन्सार प्रशासक, भन्सार अधिकृतका साथै सङ्घका महासचिव माधव राजपाल, कार्यसमिति सदस्य क्रमशः सुरेश रुँगटा, सुशान्त चाचान र सङ्घका पूर्वअध्यक्ष क्रमशः अशोककुमार टेमानी, गणेश प्रसाद लाठ, अशोककुमार बैध, प्रदिप केडिया लगायत भन्सार एजेण्टहरु समेतको उपस्थिती रहेको थियो ।