पर्सा जिल्ला अदालत बार एशोसिएशनद्वारा वीउवासङ्घका पदाधिकारीहरुलाई सम्मान
Print
alt वीरगञ्ज, ४ श्रावण/ पर्सा जिल्ला अदालत बार एशोसिएशनले वीरगञ्ज उद्योग वाणिज्य सङ्घका पदाधिकारी तथा कार्यसमिति सदस्यहरुलाई आज एक समारोहका बीच सङ्घकै कार्यकक्षमा सम्मान गरेको छ ।

कार्यक्रममा सङ्घका अध्यक्ष सुबोधकुमार गुप्ताले दुई संस्था बीचको संस्थागत सम्बन्ध सुदृढ हुनु पर्नेमा जोड दिनुभयो । उहाँले सार्वजनिक हितको विषयमा एकजुट भई विधिको शासन कायम गर्नमा सामूहिक सहकार्यको खाँचो रहेको बताउनुभयो ।

पर्सा जिल्ला अदालत बार एशोसिएशनका अध्यक्ष ओमप्रकाश गुप्ताले वीउवासङ्घका नवनिर्वाचित पदाधिकारी तथा कार्यसमिति सदस्यहरुलाई बधाई ज्ञापन गर्दै आपसी सहकार्यबाट सामाजिक, आर्थिक लगायतका विषयमा अघि बढ्नुपर्ने बताउनु दिनुभयो ।

कार्यक्रममा सङ्घका वरिष्ठ उपाध्यक्ष अनिल अग्रवाल, उपाध्यक्ष हरि गौतम, उपाध्यक्ष माधव राजपाल, महासचिव मनोजकुमार दास, सह–सचिव अनोज, पर्सा जिल्ला अदालत बार एशोसिएशनका सचिव राकेश कुमार मल्लिक, कोषाध्यक्ष सुनिलकुमार यादव र सदस्य जितेन्द्र साह लगायतका उपस्थिति रहेको थियो ।