बीमा सम्बन्धी छलफल सम्पन्न
Print
alt वीगरञ्ज, ९ श्रावण/ वीगरञ्ज उद्योग वाणिज्य सङ्घका कार्यसमिति सदस्य तथा बीमा (इन्स्यूरेन्स कमेटी) समितिको संयोजक श्री निरज अग्रवालज्यूको संयोजकत्वमा स्थानीय होटल भिष्वामा सानिमा जनरल कम्पनीका प्रमुख कार्यकारी अधिकृत सुद्धयमान प्रसाद उपाध्यायज्यूको मुख्य आथित्यमा बीमा सम्बन्धित वृहद छलफल तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा सङघका अध्यक्ष श्री सुबोधकुमार गुप्ताज्यू, वरिष्ठ उपाध्यक्ष श्री अनिलकुमार अग्रवालज्यू, उपाध्यक्ष श्री हरिप्रसाद गौतमज्यू, कार्यसमिति सदस्य श्री सुरेश रुँगटाज्यू, श्री मुरली जलानज्यूको उपस्थिती रहेको थियो ।