निर्यात व्यापार, लगानी प्रबद्र्धन सम्बन्धी छलफल सम्पन्न
Print
alt वीरगञ्ज, ७ भाद्र/ परराष्ट्र मन्त्रालयको आयोजनामा स्थानीय होटल भिष्वामा आज “नेपालको निर्यात व्यापार, लगानी प्रबद्र्धन र पर्यटन प्रबद्र्धनमा परराष्ट्र मन्त्रालय र विदेशस्थित नियोगहरुको भूमिका” विषयक अन्तरक्रिया र छलफल कार्यक्रमको आयोजना भयो ।

परराष्ट्र मन्त्रालयका सह–सचिव श्री भरत कुमार रेग्मीज्यूको उपस्थितिमा आयोजित कार्यक्रममा सङ्घका अध्यक्ष श्री सुबोधकुमार गुप्ता, नेपाल उद्योग वाणिज्य महासङ्घ–प्रदेश नं. २ का अध्यक्ष श्री गणेशप्रसाद लाठ, वरिष्ठ उपाध्यक्ष श्री अनिलकुमार अग्रवाल, उपाध्यक्ष श्री हरि गौतम, परराष्ट्र मन्त्रालयका उपसचिव श्री किरण शाक्य, ध्रुव राज भट्टराई, उद्धव लामिछाने, परराष्ट्र मन्त्रालय सम्पर्क कार्यालय वीरगञ्जका श्री सुमेश चन्द्र द्विवेदी लगायत सङ्घका पदाधिकारी, का.स.स., पूर्व अध्यक्ष तथा उद्योगी व्यवसायीहरुको उपस्थिति रहेको थियो ।

नेपालको निर्यात व्यापार, लगानी प्रबद्र्धन र पर्यटन प्रबद्र्धनमा परराष्ट्र मन्त्रालय र विदेशस्थित नियोगहरुको भूमिका विषयमा आयोजित सो कार्यक्रममा सङ्घका उपाध्यक्ष श्री माधव राजपालज्यूले कार्यपत्र प्रस्तुत गर्नु भएको थियो ।