सशस्त्र प्रमनि शैलेन्द खनालसँग वीउवासङ्घको भेटघाट |
|
वीरगञ्ज, १० फाल्गुन/
वीरगञ्ज उद्योग वाणिज्य सङ्घका अध्यक्ष डा. सुबोधकुमार गुप्ताको नेतृत्वमा एक शिष्टमण्डलले सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालसँग उहाँकै कार्यकक्षमा भेटघाट गरेको छ ।
वीउवासङ्घका अध्यक्ष डा. गुप्ताले उद्यमीहरुको प्रतिस्पर्धात्मक क्षमता समेत अभिवृद्धि हुने गरी उद्योगी, व्यापारी तथा आम नागरिकको सुरक्षा व्यवस्थाका लागि सरकारबाट बारा÷पर्सा क्षेत्रमा प्रभावकारी शान्ति सुव्यवस्थाको लागि सशस्त्र सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालको ध्यानाकर्षण गराउनु भएको थियो । त्यस्तै उहाँले लामो समयदेखिको माग पश्चात् पर्सा–बारा औद्योगिक कोरिडोरमा स्थापना गरिएको औद्योगिक सुरक्षा बल हाल आएर विस्थापित गरियो । औद्योगिक सुरक्षा बल विस्थापित भए पछि औद्योगिक शान्ति खलबल्नि गइरहेकोले पुनः स्थापनाको लागि आग्रह गर्नुभयो ।
उहाँले नेपाल–भारत सीमा सुरक्षा बैठकलाई नियमित गर्न सकिएमा समय–समयमा सीमा पारीबाट हुने आपराधिक क्रियाकलापहरु न्यून गर्न तथा सम्भाव्य अपराधका सूचना आदान प्रदानमा धेरै सहयोग मिल्ने भएकोले यस्तो बैठकको निरन्तरता दिनु पर्नेमा जोड दिनुभयो ।
त्यस्तै अध्यक्ष डा. गुप्ताले कतिपय सरकारी निकायहरुले हालसम्म पनि राजस्व नगदमैं लिने गरेको र वीरगञ्ज आर्थिक क्रियाकलाप अत्यधिक मात्रामा हुने गरेकोले नगद रकम लिएर गन्तव्यमा जान लागेका व्यापारीलाई प्रहरी प्रशासनले धरपकड गर्ने, मान मर्दन गर्ने गरेकोले यसलाई व्यवस्थित गर्न आग्रह गर्नुभयो ।
अध्यक्ष डा. गुप्ताले मालसामान ढुवानी गर्दा स्थानीय प्रहरीहरुले जहाँ तहीँ बाटोमैं रोकेर बिल, बिजक चेकजाँच गर्ने, स–साना कुरालाई आधार बनाएर सवारी साधनका चालकसँग बिल लिएर च्यात्ने र बिल बिजक नै नभएको भनि भन्सार पठाउने जस्ता विषयहरु सुनिन आएकोले यसलाई नियन्त्रण र व्यवस्थित गर्नुपर्नेमा जोड दिनुभयो ।
सङ्घका अध्यक्ष डा. गुप्ताले वीउवासंघको सक्रियतामा गठित “सेफर वीरगंज” द्वारा संचालित सिसिटिभीले अपराध नियन्त्रण र अनुसन्धानमा सहजता प्रदान गरिरहेकोले यसको निरन्तरता एवं विस्तारीकरणका लागि नेपाल सरकारबाट स्रोतको व्यवस्थापनका लागि पहल गर्न सशस्त्र प्रहरी महानिरीक्षक खनालसँग आग्रह गर्नुभयो ।
सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले मुलुककै शान्ति सुरक्षाप्रति आपूm गम्भीर रहेको बताउनुहुँदै तुलनात्मक रुपले वीरगञ्जमा आर्थिक गतिविधि बढि हुने भएकोले सोही अनुरुपको सुरक्षा व्यवस्था प्रदान गर्न आपूm अग्रसर रहेको बताउनुभयो । उहाँले वीउवासङ्घले आफ्नो अगुवाईमा सारेको सिसिटिभी परियोजनाले अपराध अनुसन्धानमा सहयोगी सिद्ध भएकोले सिसिटिभी परियोजनाको लागि आवश्यक सहयोग गर्ने प्रतिबद्धता जाहेर गर्नुभयो ।
भेटघाटका क्रममा सङ्घका वरिष्ठ उपाध्यक्ष अनिलकुमार अग्रवाल, उपाध्यक्ष हरि गौतम, महासचिव मनोजकुमार दास, सह–कोषाध्यक्ष प्रेमचन्द्र गोयल लगायतको उपस्थिति रहेको थियो ।
|